काभ्रेभञ्ज्याङ, नेपाली कांग्रेस धुलिखेल–९, वडा समितिले अग्रज नेता स्व. प्राणनाथ सिग्देलको सम्झनामा श्रद्धाञ्जली सभा गरेको छ ।
नेपाली कांग्रेस साविक नित्यचण्डेश्वर गाउँ इकाई समितिका पुर्व सभापति एवं काभ्रे जिल्ला समिति सदस्य तथा प्रचार विभाग प्रमुख रविन्द्रनाथ सिग्देल र क्रियाशील सदस्य कविन्द्रनाथ सिग्देलका पुजनीय पिता प्राणनाथ सिग्देलकोे गत पुष २४ गते धुलिखेल अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएको थियो ।
नेपाली कांग्रेसमा रहेर संगठन बिस्तार गर्ने, पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने, मिलनसार, दयालु, अरुको कुरा धेरै सुन्ने आफू कम बोल्ल्ने स्वभावका र निष्ठाको राजनिती गर्नुहुने प्राणनाथ सिग्देलको सम्झनामा नेपाली कांग्रेस धुलिखेल–९, ले बिहिबार आयोजना गरेको श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं श्रमिक तथा ट्रेडयुनियन विभागका प्रमुख शिव प्रसाद हुमागाई, काभ्रे प्रतिनिधि सभा १ को सह सभापति एवं प्रदेश सभा २ ख का सभापति रमेश प्रसाद होमागाई, जिल्ला सह–सचिब ईश्वरी ओझा, धुलिखेल सभापति जितकृष्ण श्रेष्ठ, बनेेेपा  सचिब महेेेश कर्माचार्य, नेताहरु बिमल ब्यान्जु, राजेश प्रसाद होमागाई, बिष्णु प्रसाद होमागाई, मीन गौतम, प्रदिप होमागाई, राजु सिग्देललगाएतले स्व. प्राणनाथ सिग्देलले पुर्याउनु भयको योगदानको चर्चा गर्दै उहाँ प्रती चिर शान्तिको कामना गर्दै भाबपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
वडा सभापति बिदुर बहादुर बस्नेतको सभापतित्व, बलराम सिग्देलको स्वागत मन्तब्य र राज कुमार होमागाईको सञ्चालनमा भएको कार्यक्रममा स्व. प्राणनाथ सिग्देलका जेष्ठ सुपुत्र रविन्द्रनाथ सिग्देलले परिवारको तर्फबाट दुखकोबेला साथ सहयोय गर्नुहुने सम्पुर्णमा आभार ब्यक्त गरेका थिए ।
सोहि दिन नेपाली कांग्रेस धुलिखेल–९, वडा समितिले प्रतिनिधि सभा विघटन विरुद्ध वडास्तरीय प्रदर्शन गरेको थियो ।
नेता रमेश  हुमागाँईको प्रमुख आतिथ्यता र वडा सभापति बिदुर बहादुर बस्नेतको सभापतित्वमा वडास्तरीय प्रदर्शन र सभा गरिएको हो ।