काभ्रेपलान्चोक – काँठ क्षेत्रमा गीत संगीत पस्कदै आउनु भएका र गीत संगीतलाई निरन्तरता दिदै आउनु भएका लिला श्रेष्ठले यस पटक भने चर्चित गायिका रचना रिमाल संग हेरन सानु बजारमा सार्वजनिक गरेका छ्न ।
हेरन माया चन्चले, हातमा घडि जस्ता धेरै गीत संगीत गाएका श्रेष्ठले यस पटक भने हेरन सानु बजारमा सार्वजनिक गर्दै चर्चा कमाएका छ्न। गितमा स्वर लिला श्रेष्ठ र रचना रिमालको छ भने शब्द संगीत श्रेष्ठ आफैको रहेको छ ।
गितको ऐरेन्ज माधब भण्डारीले गरेको छन् भने त्रिपुरा म्यूजिक नामक युट्युब बाट बजारमा सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका छन । अभिनय सन्जिब ठकुरी, रुबिना अधिकारी संगै अन्य साथिहरुले पनि गरेका छन्।








