काभ्रेपलान्चोक – बनेपा नगरपालिकाका युवा व्यवसायी रत्नकुश रंजित पछिल्लो समयमा खेलाडिहरुको मनमा बस्न सफल हुनुभएको छ । आज एक कार्यक्रमकासाथ रंजितले बनेपा फुटबल क्लबका खेलाडिहरुलाई जर्सी सहयोग गर्नुभएको छ । खेलाडिहरु पाँचखालमा भईरहेको मेयर कप फुटबल प्रतियोगिता खेल्नका लागि पाँचखाल जाने क्रममा रंजितले सो सहयोग गर्नु भएको हो ।
एक पुराना खेलाडिले आफुहरुले खेल्ने समयमा धेरै मेहेनत गरेर तर कतैबाट यस्तो सहयोग नआएको बताएका थिए । खेलाडिहरुले खेल खेल्दै गर्दा आफुहरुलाई आईपर्ने समस्याहरुका लागि व्यवसायी तथा समाजसेवी रत्नकुश जस्ता व्यक्तिले गरेको सहयोगले नै प्रेरणा दिने बताएका छन् ।
व्यवसायी रंजितले भने आफुले ठूलो सहयोग नगरेको र खेलाडिहरुको मनोबल उच्च बनाउनका लागि जर्सी सहयोग गरेको बताउनु भएको छ ।







