शुलभ शुल्कमा गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा दिदै आएको बनेपा हेल्थ केयरले नियमित रुपमा रेडियोलोजिस्ट द्वारा सेवा दिइरहेको छ । काभ्रे जिल्लर काभ्रे जिल्ला आस – पास जिल्लाहरुका विरामीहरुलाई विशेषज्ञ सेवा दिदै विरामीहरुको आशाको केन्द्र बनेपा हेल्थ केयरले यहि माघ महिना देखि वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनुपम भण्डारी बाट हप्तामा सातै दिन सेवा दिइरहेको छ । वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनुपम भण्डारी द्वारा भिडियो एक्स – रे को माद्य्यमबाट गर्भमा रहेको बच्चाको विकास एनोमेली स्क्यान (Anomaly Scan) समेत बनेपा हेल्थ केयरमा हुने छ । सो स्क्यानले गर्भमा रहेको बच्चाको विकासको बारेमा प्रष्ट रुपमा हेरिन्छ । बच्चाको हात, गोडा कस्तो रुपले बडिरहेको छ, बच्चाको भित्री अंगको बिकास कस्तो रुपमा छ भन्ने थाहा हुन्छ । त्यस्तै बनेपा हेल्थ केयरमा बिरामिहरुको हात गोडाको नसाहरुको जाँच को साथै महिलाहरुको स्तनमा भएको गिर्खाहरुको जाँच, थाइराइडको जाँच , हाइड्रोसिलको जाँच , हर्नियाको जाँच समेत हुनेछ । “वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनुपम भण्डारीको बनेपा हेल्थ केयरमा आगमनले हामी धेरै नै उस्साहित भएका छौं । पेट छाती तथा जोर्निमा जमेको पानी तथा पिप भिडियो एक्स – रे को माध्यमबाट हेर्दै शरिरलाइ हानी गर्नी सो पदार्थहरु निकालिने उपचार गर्छौ ” बनेपा हेल्थ केयरका प्रबन्ध निर्देशक जितेन्द्र थापाले बताउनुभयो । उहाँ भन्दै हुनुहुन्थ्यो ” डाक्टर अनुपम भण्डारीको सेवाबाट विरामिहरुलाइ धेरै सहज हुने छ । एनोमेलि स्क्यान, डोपलर स्क्यान गर्न लामो समय कुर्नुपर्ने, काठमाडौं सम्म जानुपर्ने बाध्यता हट्ने छ । यस्तै प्रकारले विरामिहरुको सेवामा दत्तचित्त भई संचालन भइरहेको हामी सबैको यस बनेपा हेल्थ केयरमा अन्य थप सेवाहरु बढाउदै जानेछौ । “