काभ्रे, कोरोना भाइरसको कारणले झन्डै लामो समय गित संगित क्षेत्रमा प्रभाव पार्यो । पछिल्लो समयमा गित संगित बजारमा आउने क्रम जारी छ । आउनत बजारमा धेरै गित आएका छन । बजारमा आएका सबै गितले चर्चा कमाउछन भन्ने छैन । कतीपय गितहरु त चलेका कलाकारले गाएता पनि चलेको छैन । केही दिन अगाडि मात्रै निकै दुख पिडा सम्बन्धित बज्रपात गित बजारमा आएको छ । यस गितले कतिको चर्चा पाउँला त्यो त हेर्न बाँकी छ ।
इन्द्रबाहादुर आर्यालको सम्झनामा समर्पित राधिका अर्यालको आफ्नै कथामा आधारित गित बज्रपात बजारमा आएको छ । दुख पिडामा आधारी यस गितमा गायिका पार्वती कार्कीको आवाजमा रहेको छ । यस गितमा शब्द राधिका अर्यालको रहेको छ भने संगित राजु बिरहि सापकोटाको रहेको छ । यसैगरी गितको एरेन्ज सन्जय श्रीपालको रहेको छ ।
दुख पिडामा आधारित गितको भिडियोमा अभिनय राजु बिरहि सापकोटा आयुष्मा कार्की, राधिका अर्याल, बच्छु तामाङ र रमा कोइरालाको रहेको छ यसै गरी भिडियोको निर्देशन राजु बिरहि सापकोटाले गरेका छन् भने छायाँकन मरुभुमि नारायणले गरेका छन । मेकप राकेशले र सम्पादन रोशन धितालले गरेका छन् ।








