सन्तोष खड्का
राष्ट्रिय युवा संघ नेपाल काभ्रेले आयोजना गरेको युवा प्रशिक्षण तथा आगुवा भेलामा बोल्दै राष्ट्रिय युवा संघका स- समयोजक रमेश पौडेलले चामलमा भएको १-२ वटा बियाँ फाल्दैमा खानाको स्वादमा केही फरक नपर्ने बताउनु भएको छ ।
काभ्रेको पनौतीमा आयोजित कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलि लाई आफ्नै पार्टी बाट काम गर्न नदिएको कारण सम्सद विघटनको बाटो रोज्न प्रधानमन्त्री बाध्य भएको भन्दै युवा लाई हतोत्साहित नहुन आग्रह गर्नुभयो साथै आगामी चुनाव तोकेकै समयमा हुने कुरामा जिकिर गर्नुभयो ।







