काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं ३ ससिपानिमा रहेको काभ्रे भिमसेन मन्दिर र पर्यटकीय स्थानमा पर्यटकको सुविधाको लागि काभ्रेका युवा व्यवसायी एवं नेकपाका युवा नेता रत्नकुश रन्जितले खानेपानीको पाइप ६०० मिटर उपलब्ध गराउनुभएको छ ।
उक्त स्थानमा पर्यटन विकासको सम्भावना निकै नै रहेको र बनेपा नगरपालिकाले उक्त स्थानलाइ प्रथामिकतामा राखि काम अगाडि बढाउन को लागि नेकपाका युवा नेता सागरनाथ कपालीले बिशेष पहल गरिरहनुभएको उपभोक्ता समितिका अध्यक्ष नेत्रप्रसाद दाहालले जानकारी दिनुभयो । आर्थिक बर्ष ७६÷७७ मा काभ्रे भिमसेन ट्रस्ट निर्माण र मन्दिर परिषरको उचित व्यवस्थापनको निमित रु ३ लाख बजेट परि निर्माण कार्य सम्पन्न भईसकेको छ ।
उक्त स्थान पर्यटन र पिक्निक र घुम्न को लागि एकदमै उचित रहेको र उक्त स्थानको समग्र विकासको लागि आफुले सकेको सहयोग र पहल गर्ने र उक्त स्थान मा चाहिने पानी ट्याङ्की पनि उपलब्ध गराउने प्रतिबद्धता समाजसेवी युवा नेता रत्नकुश रन्जित ले गर्नुभएको छ ।
रु ५ लाख बजेट राखिएको र उक्त बजेटले मन्दिर परिषरमा वाल लगाउने र मन्दिर लाई व्यवस्थापन गर्ने उपभोक्ता समितिका सचिव राजेन्द्र दाहालले बताउनु भयो ।
वडा अध्यक्ष कृष्णप्रसाद दाहालले वडाको समग्र विकासमा चासो रहेको र बिशेष गरि काभ्रे भिमसेन लाई पर्यटकीय हिसाब ले कार्य अगाडि बढाउने र आफुले उचित स्थान हरुको यसरी नै अवलोकन गरि विकास मा सहयोग गरेको बताउनुभयो ।







