मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदिप केसीले आफ्ना स्व.पिता लिला बहादुर केसीको स्मृतिमा स्थापना गरेको लीला–मध्यमार्ग अक्षयकोषबाट स्थापित लीला–मध्यमार्ग सम्मान २०७७ बाट काभे्रली दुई व्यक्तित्व सम्मानित भएका छन ।
बुधबार भएको सम्मान कार्यक्रममा काभे्रको भूमिमा जन्मेर राजनीतिक क्षेत्रलाई अंगाल्दै आएका पाँचखाल खरेलथोकका पुर्व मन्त्री राजेन्द्र खरेल र पत्रकारीताको माध्यमबाट सामाजिक चेतना विस्तारका लागि योगदान पु¥याउंदै आएका कुशादेबीका स्व.रामचन्द्र हुमागाईलाई स्मरण गर्दै मरणोपरान्त सम्मान गरिएको हो ।
लीला—मध्यमार्ग अक्षयकोषका संथापक संयोजक प्रदीप केसीका अनुसार आफ्ना पिता प्रजातन्त्रसेनानी लीलाबहादुर केसीको १६ स्मृतिमा स्थापना गरेको लिला मध्यमार्ग अक्षयकोषले बार्षिक रुपमा काभे्रमा जन्म लिएर राजनीतिक क्षेत्रबाट जिल्लामा योगदान पु¥याउने र पत्रकारीताको माध्यमबाट योगदान पु¥याउनेलाई सम्मान गरिएको बताए । सम्मान पुर्व मन्त्री राजेन्द्र खरेलको छोरा महेश खरेल र स्व. रामचन्द्र हुमागाईको सम्मान उहाँको छोरा राजु हुमागाईलाई हस्तान्तरण गरिएको थियो ।







