काभ्रेपलान्चोक – काभ्रे जिल्लालाई सहकारीहरुको उर्बर भूमीको रुपमा चिनिन्छ । शुक्रबार एक औपचारीक कार्यक्रम गर्दै श्री संबृद्धि जन उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका सचिव दिलिप शर्माद्धारा समुत्घाटन गरिएको छ ।
श्री संबृद्धिको नयाँ व्यवस्थापनमा कुन पदमा को रहने भन्ने विषयमा भने छलफल हुन बाँँकि नै रहेको स्रोतले जनाएको छ । बनेपाको तिनदोबाटो हुदै पुलबजार जादै गर्दा यामाहा सोरुम भएको घरमा संस्थाको कार्यालय रहेको छ ।
संघका सचिव दिलिप शर्माले सहकारीको नाम नै संबृद्धि रहेकोले संबृद्धि होस भन्ने शुभकामना दिदै जिल्ला सहकारी संघले गर्नु पर्ने सहयोग आफुले खुल्ला रुपमा गर्ने प्रतिबद्धतासमेत जनाउनु भएको छ ।
सहकारीहरु सहर क्षेत्रमा सलबलाएको र ग्रामीण भेगको किसानसँग समन्वयमा कमि भएको भन्दै यस्ता कार्यलाई समेत समेटेर लान सुझाव दिनुभएको छ ।
सहकारी नै देशको अर्थतन्त्रलाई मजमुद बनाउने बलियो आधार हो, सहकारीले रोजगारको सृजना प्रत्यक्ष र अप्रत्यक्ष ढङ्गले गरिनै रहन्छ त्यसकारण संबृद्धिले आम बनेपाली र काभ्रेलीको भावनाअनुरुप कृषि र व्यवसायीहरुलाई केन्द्रित गरेर कार्य गरोस भन्ने शुभकामना दिनुभएको छ ।







