बनेपा , ज्योति ईजी पे जीवन बीमा योजनाको शुभारम्भ कार्यक्रम आज बनेपाको उग्रचण्डी होटल बाट एक कार्यक्रमको बिच उदघाटन गरिएको छ । ज्योति लाइफका प्रदेश प्रमुख सपुत चन्द्र खनाल त्यसैगरी व्यावसाय प्रमुख फर्सुराम मरासिनी र करोड पति एजेन्सी मेनेजर राजन अधिकारीले उक्त कार्यक्रममा ज्योति ईजी पे जीवन बीमाको उद्घाटन गर्नु भएको हो ।
ज्योति लाइफले यँही आर्थिक वर्ष २०७७ , ०७८ मा ६८ करोड २२ लाख बीमा शुल्क जम्मा गरेको व्यावसाय प्रमुख र्फसुराम मरासिनीले कार्यक्रममा जानकारी दिनु भयो । साथै ज्योति लाइफमा धेरै मानिसहरु उत्साहा पुर्ण बीमा गर्न आएकाले धेरे रकम जम्मा भएको उहाँले बताउनु भयो । साथै कार्यक्रममा एम डि आर टि बिजेताहरुलाई सम्मान समेत गरिएको थियो ।
ज्योति लाइफ इन्स्योरेन्स सधै तपाईको साथ भन्ने मुल उदेश्य लिएर अगाडि बढनुको साथै सबै ब्यक्तीहरुको रोजाइमा पर्न सफल भएको र नेपालमा पहिलो पटक घातक रोगको बीमा समेत गर्न करोडपति एजेन्सी मेनेजर राजन अधिकारीले हामीलाई जानकारी दिनुभयो । कार्यक्रम क्षेत्र प्रमुख अम्बिका तिमल्सिनाले संचालन गनुभएको थियो ।







