बनेपा, बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले कोभिड–१९ को संक्रमणको जोखिमलाई ख्याल गरेर २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष रामहरि के.सी.को सभापतित्वमा होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको साधारण सभामा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, पूर्व संचालक, निवर्तमान संचालक, प्रतिनिधी सदस्यहरु, सल्लाहकार र कर्मचारी लगायत सिमित व्यक्तिहरुको भौतिक उपस्थिती र संस्थाको आधिकारीक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी सदस्यहरुको सहभागिताको ब्यवस्था गरिएको थियो । सभा समक्ष संस्थाका सचिव पे्रमनाथ शर्मा कोईरालाले आर्थिक वर्ष ०७६।०७७ को सचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्ष ध्रुबबहादुर भुजेलले आर्थिक वर्ष ०७६।०७७ को कोषाध्यक्षको आर्थिक प्रतिवेदन, आ.व.०७७।०७८ र ०७८।०७९ को प्रस्तावित वार्षिक कार्ययोजना तथा बजेट, लेखा सुपरिवेक्षण समितिका संयोजक जयराम थापाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गनु भएको थियो । संस्थाका सहसचिव गंगाराम ठकुरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन रामकृष्ण राय क्षेत्रीले गर्नु भएको थियो । सहकारी विभागबाट सहकारी संस्थाको साधारण सभा गर्न जारी सूचनाको आधारमा सदस्यहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आवश्यक सुरक्षा सतर्कता अपनाई साधारण सभामा नाम दर्ताको लागि सदस्यहरुलाई मिति २०७७ साल पुष ४ गतेदेखि नै उपस्थिती खुल्ला गरिएको थियो । साधारण सभाले आगामी ४ वर्षे कार्यकालको लागि कैलाश के.सी.को अध्यक्षतामा नयाँ संचालक समिति निर्विरोध चयन गरेको छ ।

जसको उपाध्यक्षमा प्रेमनाथ शर्मा कोईराला, सचिवमा जयराम थापा, कोषाध्यक्षमा राधेश्याम के.सी., संचालक सदस्यहरुमा राधाकृष्ण श्रेष्ठ, प्रकाश भुर्तेल, हरिराम कुईकेल, श्यामचन्द्र श्रेष्ठ, गीता कुँवर क्षेत्री, गायत्री खड्का र अनिला श्रेष्ठ निर्वाचित हुनु भएको छ । सभाले लेखा सुपरिवेक्षण समितिमा पूर्णबहादुर कार्कीको संयोजकत्वमा सदस्यहरुमा सन्तोष आचार्य र शर्मिला नेपाललाई निर्विरोध चयन गरेको छ ।