काठमाण्डौ,आदीमा बचत तथा ऋण सहकारी संस्था लि . काठमाण्डौको १०औं वार्षिक साधारण सभा प्रतिनिधि सभा सदस्य एंव पुर्व शान्ती तथा पुन निर्माण मन्त्री सत्य पहाडीको प्रमुखआतिथ्यतामा सम्पन्न भएको छ ।
सभामा एमनेष्टीका पुर्व अध्यक्ष सुर्य बहादुर अधिकारी,कामनपा ४ का वडा सदस्य सरु अधिकारी, एन आर एन नरेन्द्र फगामी,एन प्याब्सनका उपाध्यक्ष प्रबोध प्रभाकर रिजाल,कोषाध्यक्ष प्रताप थापा,आडिया नेपालका अध्यक्ष अमर बहादुर थापा लगमएतको आतिथ्यता रहेको थियो । साधारण सभाबाट प्रल्हाद दाहाल अध्यक्ष,कृष्ण श्रेष्ठ उपाध्यक्ष राजु बस्नेत सचिव, कृष्णा मुनिकार कोषाध्यक्ष, उत्सव शाह , राजु लामा र निरा शर्मा सदस्य पदमा, मनोज घिमिरे लेखा समिति संयोजक, दिपक न्याउपाने र सुदिप शर्मा लेखा समिती सदस्य पदमा निर्बिरोध निर्वाचित भए । सफल कार्यकालको लागी बधाई सहित आफ्नो भनाई माननीय सत्य पहाडीले राख्नु भयो । वहाँले सहकारीको माध्यमबाट देश बिकासमा साथ दिन सकिन्छ र कस्ले कति कमायोभन्दा पनि कति बचायो भन्ने कुरा महत्त्वपुर्ण हो भन्ने कुरा राख्दै सबै मिलेर मात्र सहकारी अगाडी बढाउन सकिन्छ भन्नु भयो । कार्यक्रममा सल्लाहकार अजबलाल यादब , सुर्य अधिकारी र सरु अधिकारीले शुभकामना मनतब्य राख्नु भयो ।कार्यक्रममा असल ऋणी , बचतकर्ता र असल कर्मचारी सम्मान पनि गरिएको थियो । अध्यक्ष , सचिब , लेखा र आर्थिक प्रतिबेदन पेश गरिएको थियो र त्यो माथी छ्लफल गरि पास गरियो । नवनिर्वा्चित सबैलाई माननिय सत्य पहाडीले प्रमाणपत्र सहित सफल कार्यकालको कामना गर्दै हार्दिक बधाई ज्ञापन गर्नुभयो ।








