मण्डनदेउपुर, अपाङ्गता भएका व्यक्तिहरुको अवस्था बुझ्न मण्डनदेउपुर नगरपालिका अपाङ्ग समन्वय समिति अपाङ्गता भएका व्यक्तिहरुको घरदैलो पुगेको छ ।

समितिले नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको घरदैलोमा नै गई अनुगमन गरेको हो । अनुगमनको क्रममा अपाङ्गता भएका व्यक्तिहरुले सरसफाई लगायतका कुराहरु निकै राम्रो रहेको पाइएको नगरपालिकाकी उपप्रमुख निर्मला शाहीले बताइन् । उनका अनुसार गत वर्ष अनुगमन गर्दा सबै ठाउँमा पुग्न नसकेको कारण यस वर्ष पनि उक्त कार्यक्रमलाई नियमितता दिइएको हो ।

अनुगमनसँगै नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सरसफाईको सामग्री र रिमरेकको सहयोगमा न्यानो कपडा पनि वितण गरिएको थियो । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सिपमूलक तालिम दिने तयारी गरिरहेको नगरपालिकाकी उप–प्रमुख शाहीले जानकारी दिईन् । उनका अनुुसार नगरपालिकामा करिब ५ सय जना विभिन्न वर्गका अपाङ्गता भएका व्यक्तिहरु रहेका छन ।