टेक इन्टेरनेसनल इन्फोसेस प्रा.लि प्रबन्ध निर्देशक हुन राकेश प्रसाद चौँलागाई । काभ्रेको कोशिपारी चौरीदेउराली गाँउपालिकामा जन्मलिएर र्कमथलो बनेपा बनाउँदै आएका चौँलागाईले सानो उमेरमा नै ब्यावसाय गदै आएका छन् । उनी भर्खरै २० वर्षको भए । २० वर्षको उमेरमै आफ्नै मेहनत, षंर्घस, काम प्रतिको लगाभले उनी आज यँहा सम्म आइपुगेका छन् । उनि आफु मात्रै काम नगरी ३, ४ जना भाई बैनीहरुलाई काममा लगाई काम सिकादै आएका छन् । सुरुमा उनले बनेपामा रहेको सागर कम्प्युटरमा १ वर्ष काम सिके र त्यही काम गरे १ वर्षको अनुभवले पनि राम्रो काम गदै आएका छन । राम्रो काम गरेको कारणले नै जिल्लाका ठुला ठुला निकायहरु जिल्ला प्रशासन , शिक्षा कार्यालय, मालपोत आदीमा उनले काम गदै आएको हामीलाई बताए । हाई टेक इन्टरनेसनल इन्फोसेसमा कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसि क्यामेरा विक्रि वितरण गर्नुको साथै इलेक्ट्रोनीक समानहरु मर्मत सम्भार सम्बन्धि सबै कार्य गरिने हामीलाई जानकारी दिए । कोशिपारी जस्तो बिकट क्षेत्रमा जन्मलिएर पनि आज उनी सबैको माझ सफल रुपमा चिनिन पुगेका छन् । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले ब्याबसायी राकेश प्रसाद चौलागाईसँग गरेको बिशेष कुराकानी
आज भोली केमा ब्यास्त हुनुहुन्छ ?
आफ्नो ब्यावसाय तिर नै ब्यास्त छु । हिजो भर्खरै बाट पसल पनि पहिलाको ठाँउ बाट अहिले बनेपा चारदोबाटो पनौती बस स्टप बाट २० मिटर भित्र सरेको छ । सबैलाई यता सरेको जानकारी पनि गराउन चाहान्छु ।
सानो उमेरमा नै यो सब कसरी सम्भब भयो ?
सानै देखी इलोक्ट्रोनीक सम्बन्धि काम कुराहरुमा धेरै नै चासो राख्ने गरेको थिए । फल स्वरुप एस एल सी पछी कम्प्युटर सम्बन्धि लाईनमा लागियो । बनेपाको सगर कम्प्युटरमा १ वर्ष काम गरे । त्यस पछी आफ्नै काम गर्नु पर्छ भन्ने लाग्यो अनी काम सरु गरकोे हुँ । म अहिले जुन स्थानमा छु त्यो सबै परिवारको साथ सहयोगले नै हो ।
यँही काम किन रोज्नु भयो ?
इलोक्ट्रोनीक सम्बन्धि चासोले गर्दा र नेपालमा नै केही गर्नुृ पर्छ भन्ने सोच बिचारले यो क्षेत्रमा लागेको हुँ ।
यती छोटो समयको अनुभवले सबै काम गर्ने सकिन्छ ?
लगभग लगभग सकिन्छ । मेरो काम प्रतिको लगाभ र चाहानाले गर्दा आउने समस्याहरु लाई निराकरण गर्न सकिन्छ । मानिसले अनुभव नै नभइकन चासो राखेर त गदै आएका छन् । म त झण्डै १४÷१५ महिना काम गरेको छु । अनुभव नै छ अनि किन नस्कनु ।
तपाईले गरेको काम बाट ग्राहकहरु कत्तिको सन्तुष्ट छन् ?
मेरो काम बाट सन्तुष्ट भएकै कारण हाइ टेक लाई यो स्थान सम्म पुर्योउन सफल भएको छु । र अहिले नेपाल सरकारका ठुला ठुला निकायहरु जिल्ला प्रशासन, शिक्षा कार्यालय, नापी पुन र्निमाण प्राधिकरण, मालपोत आदीमा काम गदै आएका छौ ।
यसमा पनि ठुलो लगानी गर्नु पर्छ नि यो कसरी व्यावस्थापन गर्नु हुन्छ ?
यसमा सबै मेरो परिवारको साथ सहयोग बाट नै हो । र मेरो एक असल साथीले गर्दा यहाँ सम्म आइपुगेको छु ।
सबै काम आफै एकलै गर्न सकिन्छ ?
सकिन्छ किन नसक्नु । पछिल्लो समयमा म अल्लि बाहिर हिढनु पर्ने भएकाले भाई बैनीहरुलाई पनि राखेको छु । एउटा मिल्ने साथी पनि हुनुहुनछ । उहाँले गर्दा नै सबै काम सम्भव छ ।
यहाँ बाट कस्ता कस्ता सेवाहरु दिनु हुन्छ ?
घर अफिस कार्यालयमा नै गएर मर्मत सम्भार सम्बन्धि सम्पुर्ण कार्य गरिनुको साथै उचित सल्लाह सुझाब पनि दिने गरेका छौ साथै बनेपा चारदोबाटो पनौती बस स्टप बाट भित्र २० मिटर गएपछी हाम्रो पसल हाइ टेक आउँछ त्यहाँ बाट नयाँ नयाँ सर सामाग्रीहरु बिक्री बितरण गरिन्छ ।
हेर्दा सानो देखिन्छ गर्न सक्दैन्न भनेर आएका मानिसहरु र्फकने गरेको ता छैन्न् ?
अहिले सम्म छैन्न । किनकि उमेरले काम गर्ने होइन । सानो उमेर भएका मानिसहरुले पनि धेरै ठुलो काम गरेका छन । लगनशिलता, मेहनत, परिश्रमले गर्दा जस्तो सुकै समस्या आए पनि हल गरेको छु ।
तपाईको उमेरका ब्यक्ती धेरै कुलतमा लागेर बिग्रेका छन नि ?
हो सबै त्यसतर्फ लागेका पनि छैन्न । अहिलेको परिस्थितिमा धेरै जस्तो लागु औसधमा लागेका छन । यदि यसरी बिग्रेर हिडेका युबा साथिहरुलाई हाम्रो मा आउन अनुरोध गदर्छु । उनिहरुलाई हामी काम सिकाउने छौ ।
पछिल्लो समयमा आएको राजनितिक प्रभवले तपाईको ब्यावसायमा कस्तो असर गर्छ ?
अलि अलि समस्याहरु त आइहाल्छ नि भनेको समयमा सामान पाइदैन । पाएमा पनि महँगो मुल्यमा किन्नु पर्ने हुन्छ । यस्तै हौ
लकडाउन महामारीले ब्यावसायमा कस्तो असर पार्यो ?
लकडाउनले मलाई मात्र होइन सम्पुर्ण ब्यक्तीहरुलाई असर पुयाएको छ । बनेपा जस्तो ठाउँमा बस्न भाडाको तनाब गार्यो छ । धेरै समस्या थियो ।
पछिल्लो समयमा ब्यावसायलाई कसरी अगाडी बढाउने योजनामा हुनुहुन्छ ?
अहिले हामी सबै काम भए सम्म इन्टरनेटको माध्याम बाट नै गरिरहेका छौ । बनेपामा राम्रो र सहज कम्प्युटर मार्केट बनाउने कोशिसमा छौ ।
अन्तमा ?
तपाई लगाएत तपाईको मिडियालाई धेरै धेरै धन्यबाद । मलाई यो अवसर दिनु भएकोमा र मेरो सम्पुर्ण ग्राहकहरुलाई अफिस बनेपा चादोबाटो पनौती बस स्टप बाट २० मिटर भित्र सरेको जानकारी गराउदर्छु । एक चोटी अवश्य सेव गर्ने मैका दिनुहोला ।







