काभ्रेपलाञ्चोक, देब क्षेष्ठले नयाँ नयाँ गित बजारमा ल्याउने क्रममा फेरी पनि अर्का गित बजारमा सार्वजानिक गरेका छन् । हिजो भन्दा आज भन्ने लोक दोहोरी गित बजारमा र्सावजानिक गरेका हुन् । देव क्षेष्ठ र अञ्जली वाईबाको प्रस्तुतीमा हिजो भन्दा आज लोक दोहोरी गित बजारमा आएको छ ।
गितमा पछिल्लो समयको चर्चित गायिका रचना रिमाल र गायक देब क्षेष्ठको आवाज रहेको छ । देब क्षेष्ठले यो भन्दा पहिला पनि निकै आश लाग्दा लोक दोहोरीे गितहरु बजारमा र्सावजानिक गरेका थिए । बाध्य भए पराईको हुनलाई गितले पनि निकै चर्चा कमाएको थियो ।
उक्त गितमा लय तथा शब्द सुफिक्स मदनले र्सिजना गरेका छन् भने नारायण दंगालले गितको एरेन्ज गरेका छन् । म्युजिक बैक स्टुडियोमा रेकड गरिएको गितको मिक्सिङ कृष्ण पुनले गरेका छन् । यस गित बजारमा ल्याउनको लागी रोशनी थिङ र रिमा तामाङको ठुलो सहयोग रहेको छ ।
गितको भिडियो निर्देशन मिलन क्षेष्ठले गरेका छन् भने कोरियोग्रफर अमोन रानाले गरेका छन् । हिजो भन्दा आज गितलाई मुकेश हुमागाईले छांयाकन गरेका छन् । रोशन धितालले सम्पादन गरेको उक्त गितमा लोमश र्शामा र आयुषा तामाङ अभिनय देख्न सकिन्छ ।
क्षृगार कबिता तोलाङगीको रहेको छ भने गितलाई मिलन फिल्मस प्रा लि ले बजारमा ल्याएको छ ।








