काठमाडौं– कोरोनाको कहरका कारणले रोकिएको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड “नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०” को तेस्रो संस्करण आज पुष ११ गते शनिबार राजधानीमा सम्पन्न भएको छ । गतवर्ष चैत्र महिनामा सम्पन्न हुनुपर्ने उक्त अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको थियो । झण्डै १ वर्षको प्रतीक्षापछि सामाजिक दुरी कायम गर्दै अवार्ड कार्यक्रमलाई पौष ११ गते आज सुचना तथा संचार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा भब्य रूपमा सम्पन्न गराएको आयोजकले जानकारी दिएको छ ।नेपाली भाषाका अलावा नेपालमा बोलिने विभिन्न भाषाभाषीलाई समावेश गरेर आयोजना हुँदै आएको नेशनल पावर न्युज म्युजिक अवार्डको यो तेस्रो संस्करण हो । कार्यक्रममा राष्ट्रियभाव, गजल, पप, आधुनिक, लोकदोहोरी लगायत विभिन्न भाषा–भाषी गरी जम्मा ५१ विधामा अवार्ड वितरण गरिएको छ । निर्णायकको मत र भोटिङ पद्धतिवाट उत्कृष्ट गीत, श्रष्टा एवं सर्जकहरुलाई छनोट गरिएको र उत्कृष्टमा परेका श्रृजना, सर्जक एवं श्रष्टाहरुलाई अवार्ड प्रदान गरिएको कार्यक्रम संयोजक कमला जोशीले वताईन् । आज सम्पन्न यस म्युजिक अवार्डमा सर्वोत्कृष्ट शब्द रचना आधुनिकमा गीतकार राखी गौचनको हातमा “हे मन” गीतबाटअवार्ड परेको छ भने सोही गीतका गायक शंकर थापा स्माइलले उत्कृष्ट गायक आधुनिक तर्फको अवार्ड हात पारेका छ्न् ।
नेपाली साहित्य र गीतसंगीत क्षेत्रमा सानै उमेरदेखि रुचि राख्ने कवयित्री तथा गीतकार राखी गौचनले विशेषत कविता लेखनमा अझै गहिरो लगाव राख्ने गरेको पाइन्छ । कक्षा ६ मा पढ्दा पहिलोपटक वाचन गरेको कविता ” पर्दा भित्रको सुख र दु:ख” स्कुलमा फस्ट भएर विद्यालयको स्मारिकामा प्रकाशित भएपछि लेखनमा हौसिएकी गौचनका धेरै कविता लोकप्रिय छ्न भने विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिकहरुमा समेत प्रकाशित छ्न् ।
कविता संगसंगै गीत लेखनमा पनि उत्तिकै अब्बल गौचनका ” जानी नजानी तिमिसंग कुनै रात मागें भने,नाम बिना कति नाता ,म आगो फुकेर धुवाँ लुकाउँदै छु,यो सुन्दरता पनि सुन्दरता होइन , भनौं भने मेरो कथा लगायत दर्जन बढी गीतहरू अहिले डिजिटल बजारमा सार्वजनिक र चर्चामा छन् ।
हाल वैदेशिक रोजगारीको शिलशिलामा अमेरिका जस्तो ब्यस्त शहरमा करिब बिगत १ दशक देखि रहँदै आएकी गीतकार राखीले नेपाली गीति लेखन र साहित्यमा पुर्याएको योगदानको कदर स्वरुप नेपाल तथा बिदेशमा गरिने विभिन्न अवार्ड सम्मान कार्यक्रमहरु बाट दिइने अवार्ड सम्मानले पनि आफ्नो साहित्य तथा सांगीतिक यात्रामा थप हौसला मिलेको उनको भनाइ छ ।गीतकार संघले २०७५ मा उनलाइ डायस्पोरा सम्मान प्रदान गरेको थियोे त्यस्तै राप्ती म्युजिक अवार्ड ,बोस्टर म्युजिक अवार्ड लगायत थुप्रै अवार्डहरुबाट उनलाई सर्वोत्कृष्ट गीतकार विधामा अवार्ड प्राप्त भैसकेका छ्न् ।
साहित्यिक र सागीतिक यात्रा सधैं सफल रहोस् कलम अझै सशक्त रहोस् शुभकामना !!