बनेपा नगरपालिकाको पुलबजार देखी अरनिको राजमार्गको दाँयाबाँया सर्भिस लेन सहित फुटपाथसम्म जोड्ने गरी कालो पत्रे हुने भएको छ

उक्त सडक कालोपत्रे गर्नका लागी नगर पालिकामा छलफल कार्यक्रम राखिएको थियो । पुर्व मन्त्री माननीय गोकुल बाँस्कोटाको पहलमा र नगरपालिकाको समन्वयमा डिभिजन सडक कार्यालय भक्तपुरले बनेपा नगरपालिकाको साँगाभन्ज्याङ्ग क्षेत्र र पुलबजारदेखी बुडोल चोक सम्म दाँयाबाँया सडक कालोपत्रे गर्न लागिएको नगर प्रमुख लक्ष्मी नरसिं बादेले वताउनु भयो ।

कालोपत्रे गरेपछि बनेपा नगरपालिका धुलो र हिलो मुक्तहुने विश्वास लिएको बादेले वताउनु भयो । कालोपत्रे सम्पन्न पश्चात पार्किङ्गलाई ब्यबस्थापन गरी हेभी, साना गाडीहरुलाई समेत ब्यबस्थित गरिने नगर प्रमुखबादेले वताउनु भयो । छलफलमा जिल्ला समन्वय समिती काभ्रेका प्रमुख उद्धब केसी, नगर पालिका प्रमुख लक्ष्मी नरसिं बादे, उपप्रमुख रेखा दाहाल सापकोटा, निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी देबी होमागाई, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेति, प्रमुख सेनानी नरेश केसी प्रहरी उपरिक्षक रविराज पौड्याल, डिभिजन सडक कार्यालयका सुमन याोगेस, युवा ब्यबसायी रत्नकुश रजींत, काभ्रे उद्योग वाणिज्य सघंका महासचिब कैशाल पलान्चोके लगाएत रहेका थिए ।