काभ्रे – बर्तमान गित संगीतको दुनियामा ब्यस्त मोडल भिम खड्का द्वारा अभिनित लाखौं प्रदेशी दाजुभाईको पिडामा आधारित तिम्रै पिरमा बोलको आधुनिक गित यही पौष ३ गते शुक्रबार देखि सर्बिन बोगटि युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ।

स्वर्णिम साहिको प्रदेशी प्रेम रसयुक्त शब्द,सिर्जनामा सुमधुर स्वरका धनी लोक पृय गायक सर्बिन बोगटी र चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ। चर्चित संगीतकार बि.बि.अनुरागीको संगीत रहेको छ।

बर्षौ देखि फिल्म देखि म्युजिक भिडियो सम्म निर्देशन गर्दै आउनु भएका चर्चित निर्देशक जि.बि.आग्रीको निर्देशन रहेको छभने मीन रावलको छायांकन र सम्पादन रहेको उक्त भिडियो गितमा रङ्ग भर्ने काम अभिनास डि.सि.ले गरेका छन।भिडियोमा लक्ष्मी सुनार र बालकलाकर प्रान्सु खडायतको पनि अभिनय रहेको छ।