रामेछाप जिल्लामा जन्मनु भएकी मोडल सावित्री श्रेष्ठ पछिल्लो समयमा म्युजिक भिडियो तिर निकै ब्यस्त हुनुहुन्छ । भर्खरै मात्र उहाँले अभिनय गरेको निकै आश लाग्दो लोक दोहोरी बिर्से पापी लाई बजारमा आउने क्रममा छ । गायिका सुमित्रा सत्याल र गायक तथा मोडल राजु बिरही सापकोटाको आवाजमा गित बजारमा आउन लागेको हो । धेरै जस्तो दुख पिडाका गितमा अभिनय गर्न रुचाउने मोडल श्रेष्ठ आफ्mु कथाले मागे जति दिन सक्ने बताउनु हुन्छ । सानो उमेर देखि नै फिल्म म्युजिक भिडियो तिर आउने रहर भयको कारणले नै यस क्षेत्रमा लागेको हो । मैले झ्mण्डै मैले १२ वटा जति म्युजिक भिडियोमा अभिनय गरेको छु । तिन चार वटा गित आज भोलि नै सुटिङको क्रममा छन । घुम्न नाच्न अभिनय गर्न मन पराउने मोडल श्रेष्ठ संग नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गरेको कुराकानी ।
आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
० म आज भोलि यहि म्युजिक भिडियो तिर नै ब्यस्त छु । हिजो भर्खरै पनि एउटा गितको सुटिङ गरियो । बिर्से पापिलाई भन्ने अबको दिनमा पनि नयाँ नयाँ गितको सुटिङको क्रममा छु ।
० बिर्से पापिलाई भन्ने गित कस्तो खालको गित हो ?
यो एउटा दुख पिडाको गित हो । यस गित माफ्र्mत एउटा बिबाहित नारीको श्रीमानले अर्को श्रीमती ल्याउदाको दुख पिडा श्रीमान लाई पहिला गरेको मायालाई देखाउन खोजिएको छ ।
० तपाईको जिबनमा त्यस्तो परेको छ कि छैन ?
मेरो जिबनमा त्यस्तो परेको छैन अहिलेसम्म । पर्यो भने चाँहि मेल खान्छ होला यो गितसँग अहिले केहि छैन त्यस्तो ।
० बिबाहित नारी भएर पनि यसरि मोडलिङ क्षेत्रमा लागि रहनु भएको छ परिवारको साथ पाउनु भएको छ ?
उहाँहरुले साथ दिएर नै म यहाँ सम्म आएको छु । परिवारको साथ सहयोग नभएको भए आज सम्म यहाँ हुने थिइन । उहाँहरुको सहयोगले नै आएको हुँ ।
० अभिनय गर्दा गितमा धेरै सिनहरु गर्नु पर्ने हुन्छ श्रीमानले भयो यस्तो गर्नु हुदैन भनेर भन्नु हुदैन ?
सुरुमा यो क्षेत्रलाई नबुझ्mदा भन्नु हुन्थ्यो तैले यो गरिस यस्तो गरिस भनेर । अहिले त्यस्तो भन्नु हुदैन ।
० तपाईको श्रीमान यही क्षेत्रको हो कि अरु ?
उहाँ चाही फरक क्षेत्रको हुनुहुन्छ । यो फिल्डको होइन
० अहिले सम्म कति वटा गितमा अभिनय गर्नु भयो ?
मैले अहिले सम्म १२, १३ वटा जति म्युजिक भिडियोमा अभिनय गरेको छु । खासै धेरै भएको छैन मेरा तिन चार वटा गित सुटिङको क्रममा छन ।
० तपाईले अभिनय गरेको गितहरु मध्ये सबै भन्दा अभिनय गर्न गारो लागेको गित कुन हो ?
मैले अभिनय गरेको गितहरु प्राय दुख पिडाको छ । यस्ता गित गर्न अल्लि गारो नै हुन्छ । किनकी गित अनुशार त्यो पिडा दुखमा आफु लाई ढुबाउनु पर्ने हुन्छ । त्यसैले अल्लि गार्रोे हुन्छ ।
० डान्स गर्ने खालको गितमा गर्नु भएको छैन ?
अहिले सम्म गरेको छैन ।
० डान्स गर्न नआएर नगर्नु भएको हो ?
होइन मलाई दुख पिडाले भरिएका गितहरु मन पर्छ । त्यसैले यस्ता गितमा बढि गर्न रुचाउछु । आउन त डान्स पनि आउछ ।
० यस्तो रमाउने उमेर छ यस्ता दुख पिडाका गितमा अभिनय गर्न सक्नु हुन्छ ?
मलाई सानो उमेर देखि नै यस्ता गितहरु मन पर्ने थियो । मज्जाले सक्छु । अझै गित राम्रो होस भनेर मैले गितमा आफु लाई ढुबाउने गरेको छु ।
० डान्स गर्न गितमा अफर आयो भने गर्नु हुन्छ ?
गर्छु किन नगर्नु
० तपाईलाई यहाँ यो स्थान सम्म ल्याउने ति ब्यक्तीहरु को हुन ?
सानो उमेर देखिको रुचि चाहाना हो । त्यसको साथै सुमित्रा सत्याल दिदि र राजु बिरहि सापकोटा दाजुले हो । प्राय उहाँहरुको गितमा नै बढि गरेको हुन्छु ।
० अभिनय गर्दा पैसा लिएर गर्नु हुन्छ कि सित्तैमा गर्ने हो ?
सुमित्रा सत्याल दिदि र राजु बिरहि सापकोटा दाजुको गितमा अभिनय गर्दा पैसा लिदिन ।
० तपाईलाई अब अरुले अफर गरे भने लिनु हुन्छ ?
आफुले गरेको कामको पारीश्रमिक लिनु पर्छ । किन नलने थोरै भए पनि लिनु पर्छ ।
० तपाईले अभिनय गरेका केहि गितको नाम बताउनु होस न ?
बिर्से पापिलाई, पानी पधेरिमा, हरेस, दुई मुटू जोडेर, मुटू दुख्छ नि आदि गितमा अभिनय गरेकोे छु ।
० यि गितहरु मध्ये सबै भन्दा चर्चामा आएको गित कुन हो ?
दुई मुटु जोडेर, घर त नुवाकोट गितले चर्चा कमाएको थियो ।
० यस क्षेत्र बाट बाच्न सकिन्छ ?
पैसा कमाउन म यो क्षेत्रमा आएको होइन । पैसा नै सब थोक होइन मेरो छुटै अर्को व्यावसाय पनि छ । यस बाट बाच्न धेरै गारो छ सकिदैन ।
० के व्यावसाय गर्नु हुन्छ ?
मेरो रेस्टुरेन्ट छ काँडाघारीमा हरहर महाँदेब सँगै ।
० तपाईको अब कुन गित बजारमा देख्न पाइन्छ ?
अबको केहि दिन मै बिर्से पापिलाई बोलको लोक दोहोरि गित बजारमा आउदै छ । यो निकै आशा लाग्दो गित हो हेर्राै अब के हुन्छ ।
अन्त्यमा …….?
तपाई लगायत तपाईको मिडिया नव क्षितिज साप्ताहिकलाई धेरै धेरै धन्यबाद आगामी दिनहरुमा पनि यसरी नै साथ सहयोग गर्नु होला ।








