केहि दिन अगाडि निकै आशा लाग्दो लोक दोहोरी गितको सुटिङ सम्पन्न भएको छ । दुख पिडा सम्बन्धि रहेको लोक दोहोरि गित अहिलेको युवा पुस्तालाई मध्यानजर गदै बनाईएको गायिका सुमित्रा सत्यालले बताउनु भयो । “बिर्से पापिलाई” भन्ने गितले निकै र्चचा पाउनेमा गायिका विश्वस्थ हुनुहुन्छ ।

गितमा स्वर गायिका सुमित्रा सत्याल र गायक राजु बिरही सापकोटाको रहेको छ । गायिका सुमित्रा काभ्रे जिल्लाको कोशिपारी चौरीदेउरालीमा जन्मनुभएको हो । घर त नुवाकोट, सुपारी गोजिमा, र्दुइ मुटु जोडेरजस्ता निकै आश लाग्दो गित बजारमा र्सावजनिक गर्न  गायिका सत्यालको “बिर्से पापिलाई” लोक दोहोरि सफल गितको सुटिङ सम्पन्न भएको जानकारि दिनु भयो ।
गितका अर्का गायक राजु बिरहि सापकोटा पनि गायक मात्र नभइ मोडल र भिडियो निर्देशक पनि हुन । उनले निकालेका धेरै गित र्दशक श्रोताको रोजाइमा परेका छन् ।

यस गितमा लय तथा शब्द पनि उहि गायिका सत्यालको रहेको छ । गितको छाँयाकन कीर्तिपुरको बिभिन्न रमणिय स्थानमा मरुभुमी नारायणले गरेका हुन । यसैगरी मेकप भने राकेश रनपाले गरेका हुन । गितमा अभिनय भने संचारकर्मी अरबिन्द्र गौतम र मोडल साबित्री श्रेष्ठले गरेका छन् । गौतमले यो भन्दा पहिला बाध्य भए पराईको हुनलाई बोलको गितमा अभिनय गरिसकेका छन । आफु यँहि क्षेत्रमा कलम चलाउने भएको कारणले र आफु लाई रहर भएको कारणले गितमा अभिनय गरेको गौतमले जानकारी दिए । साबित्री क्षेष्ठ पनि पछिल्लो समय आफ्नो छुटै पहिचान बनाउन सफल मोडल हुन ।