बनेपा – ७२औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०७७ को अवसरमा बुधबार नेपाल मानव अधिकार संगठन काभ्रे जिल्ला शाखाको आयोजना र एम्नेष्टी इन्टरनेशनल नेपाल पनौती निर्माणाधीन महिला समूहको सह–आयोजनामा जिल्लाका सबै पालिकामा दिप प्रज्वलन गरिएको छ ।

मानव अधिकार, कोरोनाबाट मुक्ति र राजनितिक स्थायित्वकालागि गरिएको बनेपाको दिप प्रज्वलनमा नेपाल मानव अधिकार संगठन काभ्रे जिल्ला शाखाका अध्यक्ष राजु सिग्देल, उपाध्यक्ष गोबिन्द घिमिरे एम्नेष्टी इन्टरनेशनल नेपाल पनौती निर्माणाधीन महिला समूहकी गिता तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।