काभ्रे, राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले यँहि पुष १ मा राष्ट्रिय झण्डा दिवस मनाउने भएको छ ।

हाम्रो शान हाम्रो स्वाभिमान राष्ट्रिय झण्डा हाम्रो पहिचान  भन्ने मुल नारा लिएर बिगत २०७५ साल पौष १ गतेका दिन देखि सुरुवत गरिएको राष्ट्रिय झण्डा दिवस मनाउने भएको छ । यँहि पुष १ गतेका दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई औपचारिक रुपमा अंगिकृत गरि विश्वजगतमा नेपालको झण्डाले मान्यता प्राप्त गरेको विशेष दिनलाई स्मरण गदै विश्व भरि छरिएर रहएका नेपालि नागरिकलाई आफ्नो देशको झण्डालाई सम्मानका साथ फहराउने तथा  झण्डालाई सम्मान स्वरुप पुराना तथा र्जिण झण्डालाई र्फर्ने दिनको रुपमा मनाउन सम्र्पुणमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले अनुरोध गरेको छ ।