काभ्रेपलान्चोक – पर्सनालिटी डेभपलमेन्ट, क्षमता अभिवृद्धि, व्यक्तित्व विकास अहिले हरेक मानिसको चाहना हुन्छ । यी दुवैका लागि ग्रूमिंगको भूमिका महत्वपूर्ण हुन्छ । ग्रूमिंग मानिसको व्यक्तित्वसँग तथा ज़िन्दगीको सफलतासंग पनि जोडीएको हून्छ । यसले मानिसको आत्मविश्वास वृद्धि गर्नुका साथै उच्च व्यक्तित्वसहितको सफल जीवन जिउन सिकाउँछ । त्यसैले हरेक मानिसका लागि यस्ता तालीमहरू आवश्यक छ । विगत लामो समय देखी मानिसहरुको व्यक्तित्व र आत्म विश्वास वढाउने कार्यमा सक्रिय रहेका छन ब्यूटी पैजंट कोच/ फ़ैशन तथा ब्यूटी पेजेंट कोरियोग्राफर अश्विनी कान्त झा ।

हरेक उमेर समुहका मानिसहरुलाई ग्रूमिंग तथा व्यक्तित्व विकास को तालीम तथा सामाजिक दायित्व वहन गराऊने गरी उनीहरूमा अंतरनिहित प्रतिभा को प्रस्फुटन हुँने कार्यमा उच्च व्यक्तित्वका साथ जिउने तरिका सिकाउने झाले बालबालिका देखि युवायूवती, विवाहित महिला र पुरुषहरुसम्मको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा कोरियोग्राफीका माध्यमवाट आम मानिसहरुलाई महत्वपूर्ण योगदान दिंदे आएका छन् ।

पछिल्लो समय नेपालमा सौन्दर्य प्रतियोगिताको संख्यात्मक तथा गुणात्मक रुपमा समेत वृद्धि हुँदै आईरहेको छ । नेपालमा वार्षिक ३०० भन्दा बढी विभिन्न किसिमका सौन्दर्य तथा व्यक्तित्व विकासका लागी कार्यक्रहरुको आयोजना हुने गरेको छ ती मध्ये कोरियोग्राफर झाले ५० देखी ६० वटा कार्यक्रममा कोरियोग्राफरको भूमिका निर्वाह गर्ने गरेका छन।

वाल्यकालमा झालाई कोरियोग्राफर वन्छु भन्नेमा अलिकती पनि सोच थिएन उनि त डाक्टर बन्न चाहान्थे । समाजमा डाक्टर पेशाप्रतिको मानिसहरुले गर्ने ईज्जत, शान र मानका कारणले पनि झा डाक्टर बन्ने लक्ष्यसहित उनी सन् २००२ मा सर्लाहीको कविलासी- गैर वाट काठमाण्डौ आएका थिए ।
डाक्टर बन्न काठमाण्डौ आएका झाको संगत अभिनय र मोडलिङ क्षेत्रका मानिसहरू संग भयो । अव भने उनको यात्रा डाक्टरको नभएर मोडलिङ तिर मोडियो । साथीहरुको सङ्गतले उनको पनि अभिनयतिर चाख जाग्यो । अभिनेता बन्ने उद्देश्यले उनले मोडलिङ सुरु गरे ।

सन् २००३ बाट अनौपचारिक मोडलिङ सुरु गरेका उनले सन् २००५ मा सूर्यकला ग्रुपबाट औपचारिक मोडलिङ सुरु गरे । त्यतिबेला आयोजना हुने सानातिना मोडलिङ प्रतियोगितामा भाग लिँदै गर्दा उनले २००५ को ‘सुपर मोडल कन्टेस्ट’मा प्रतियोगीका रूपमा भित्रिने अवसर पाए ।

होटल याक एन्ड यतिमा आयोजना भएको यो प्रतियोगिताबाट उनले ‘मोस्ट ट्यालेन्टेड’ को उपाधि जिते । यस अगाडि उनले भारतको प्रशिद्ध कोरीयोग्राफ़र कौशिक घोष को कोरियोग्राफीमा हयात होटेलमा आयोजना भएको एक फेसन सोमा ‘फेस अफ द इयर’ जितेका थिए । मिस इन्डियाको समेत सहभागिता रहेको कार्यक्रमले झालाई मोडलिङप्रति उत्साह बढायो । अव भने अभिनय र मोडलिङको भुतले झाको डाक्टर वन्ने चाहानालाई अन्त्य गरिदिएको थियो ।

तिनताका नेपालमा सौन्दर्य प्रतियोगिताको आयोजना धेरै हूने गरेको थिएन । त्यसमा पनि पुरुषहरूको त आयोजन गर्नपनी मुस्किल थियो । मोडलिङ र प्रतियोगिताबाट पाएको उपाधिले भने उनमा मोडलिङ र अभिनयमा अगाडि बढ्ने आत्मविश्वास पलाएको थियो ।

त्यो समयमा भारतमा अभिनेता जोन अब्राहम, अर्जुन रामपाल, सोनु सुद जस्ता हिरो मोडलिङबाट वलिवूडमा भित्रिएका थिए । मोडलिङमा लागेर हिरो बन्न सकिने र पैसा पनि राम्रो आम्दानी हुने निष्कर्षले उनले आफूलाई अभिनय र मोडलिङ क्रियाशील बनाए ।

मोडलिङ र अभिनयमा आफूलाई निखार्न उनी सन् २००७ मा दिल्ली पुगे । दिल्लीमा पुनः उनको भेट कौशिक घोषसँग भयो । त्यस समयमा बलिउडमा धेरै जसो अभिनेता, अभिनेत्री, मिस इन्डियादेखि टेलिसिरियलका स्टार छन्, ती सबैको पहिलो खुड्किलो घोष नै हूने गरेक थिए ।

उनले पनि घोषको मोडलींग़ स्कूलबाट ट्रेनिङ लिए । सिक्दै जाँदा घोषकै सहायक भएर काम गर्न थाले । बलिउडको कोरियोग्राफी बुझ्दै र काम गर्दै थिए उनी । सन् २००८ मा उनी फुर्सदमा थिए । नेपालमा ‘मिस टिन काठमाडौँ’ आयोजना हुने खबर उनको कानमा पर्यो । आयोजकले कोरियोग्राफरको रूपमा उनलाई नेपाल बोलायो । यो कार्यक्रम सकिएपछि उनी फेरि भारत फर्किए ।

सन् २०११ मा उनी ‘मिस इन्डिया’, ‘मिस इन्डिया अर्थ’ सोमा सहभागी भए । आफै आयोजक भएर ‘इन्डियन सुपर मोडल’ र ‘नेपाली सुपर मोडल सम्मिलित कार्यक्रम चलाए । यो कार्यक्रमले उनलाई भारत तथा नेपाल भर चिनायो ।
फेरि उनले भारतमै ‘मिस्टर एन्ड मिस इन्डिया एटिच्युट’, ‘फेस अफ इन्डिया’ नामक सौदर्य प्रतियोगिता गरे । सन् २०१४ मा उनी एक सौन्दर्य प्रतियोगिताका लागि फेरि नेपाल फर्किए ।

त्यसपछि उनी भारत फर्किन पाएका छैनन् । किनभने उनले नेपालमा आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगितामा लगातार कोरियोग्राफरको जिम्मेवारीले फुर्सद पाएनन् ।अहिले नृत्य, फेसन र सौन्दर्य प्रतियोगिता गरेर तीन अलग अलग बिधाका कोरियोग्राफी नेपालमा चलेका छन् । उनी सौन्दर्य प्रतियोगिताको तथा फ़ैशन कोरियोग्राफर हुन् । ‘सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गर्नु भनेको प्रतियोगीहरुको सम्पूर्ण ट्रान्स्फ़ोर्मेसन गर्नु हो,’ उनले भने, ‘अहिले सौन्दर्य प्रतियोगिता सौन्दर्यताभन्दा पनि बौद्धिकता तथा सामाजिक उतरदायित्व बहन गर्न सकिने कसिमा विजेताको चयन गर्ने गरिन्छ ।

सिंगापुरको प्रतिष्ठित अवार्ड कला क्षेत्रका लागी इंटरनेसनल गोल्डेन ब्रांड अवार्ड २०१९ मधेशी पत्रकार समाजद्वारा हीरो अफ मधेश २०१८
रैम्पज़ोन एक्सलेन्स अवार्ड
कोरेओग्राफेर अफ दी ईयर अवार्ड
तथा सामाजिक कार्यमा योगदान पूर्याए वापत बिभिन्न संघ संस्थाबाट सम्मानहरू प्राप्त गरेका छन ।

‘शारीरिक सुन्दरताबाट सुरु भएको सौन्दर्य प्रतियोगिता अहिले आएर बौद्धिकता नाप्ने कसी भएको छ’, यो उनले बुझाइ हो । सौन्दर्य प्रतियोगिता अमेरिकाबाट सुरु भएको थियो । सुरुवाति समयमा अरु केहि सौन्दर्य प्रतियोगिताको आयोजना भए पनी हालसम्म निरन्तर आयोजना हुदै आइरहेको विश्वको सबैभन्दा पुरानो सौन्दर्य प्रतियोगिता ‘मिस यूएसए’ हो । त्यसपछिको चर्चित ‘मिस यूनिवर्स’ र त्यसै समकालीन ‘ मिस वर्ल्ड ‘ मान्ने गरीन्छ ।