काभ्रेपलान्चोक – राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको दोस्रो सम्मेलन सम्पन्न भएको छ । मंसिर २० गते शनिवार बेत्रावति पेट्रोल पम्पस्थित केरुङ हाईवे होटलमा उक्त सम्मेलन सम्पन्न भएको हो ।
नुवाकोट बेत्रवती पेट्रोलपम्प नजिक केरुङ हाईवे होटलमा आयोजना गरिएको उक्त सम्मेलनमा दिनेश लामाको अध्यक्षतामा कमिटि निर्माण गरिएको हो ।संघले चयन गरेको यो कमिटीको कार्यकाल भने २ बर्षको रहनेछ ।
अध्यक्ष – दिनेश लामा
बरिष्ठ उपाध्यक्ष – दिपक थापा
प्रथम उपाध्यक्ष – कुमार लामा
उपाध्यक्ष राम शरण आले
महिला उपाध्यक्ष – अर्चना स्याङ्तान
सचिव – करण तामाङ
सहसचिव – शान्ति मम्बा
सह सचिव – नवीन खतिवडा
कोषाध्यक्ष – रुपा एस घले
सह कोषाध्यक्ष – इन्द्र बहादुर तामाङ
प्रवक्ता- डिल बहादुर लामा रहेका छन् ।
सदस्यहरुमा भने, फूलमाया तामाङ , गणेशमान गोले, शम्भु नेपाल, सुवास थोकर, जनक लामा, वर्षा तामाङ, सुस्मिता घ्लान, अस्मिता घ्लान, प्रेमिका तामाङ, शानी स्याङतान, पुर्ण तामाङ, जमान सिन्ह तामाङ रहेका छन् । साथै बरिष्ठसल्लाहकारमा भने शैलाप वाईबा र समीर लामा रहेका छन् ।








