राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय महासचिब बिक्रम जंग शाहको नेतृत्वकाे टाेलीले काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह लाई सम्मान तथा बधाई शुभकामना दिएको छ ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका महासचिव बिक्रम जंग शाहले काेभिडका कारण कलाकारहरु समस्यामा परेको बताए । संघका उपाध्यक्ष तथा चर्चित गायक अमृत खातीले दोहोरी ब्याबसयिहरुको समस्या र गुनासोलाई काठमाडौँ प्रहरी प्रमुख समक्ष राखेका थिए ।केहि क्षेत्रमा दोहोरी साझ संचालन गर्न दिएको केहि क्षेत्रमा संचालन गर्न नदिएको ब्याबसायी कलाकारहरुको गुनासो रहेको थियो राज्यले सबै नागरिकहरुलाई समान व्यवहार गर्नुपर्ने ठाउमा त्यसो नभएको र प्रहरी प्रशासनले पनि त्यस्ता कुरामा ध्यान दिन नसकेको र समान व्यवहार नभएको गुनासो र आफ्नो धारणा राखेका थिए ।
उनीहरुको गुनासो थियो जस्तै ठमेल दरवारमार्ग पुतलीसडक माइतीघर देखि बबरमहल बुद्दनगर सम्म दोहोरी साझ संचालन भईरहेको छन् तर बानेश्वर कोटेश्वर क्षेत्रमा भने प्रहरीले नै आएर संचालनमा रोक लगएको कलाकार तथा दोहोरी ब्याबसयिहरुको गुनासो रहेको थियो कि कुनै पनि ठाउमा खोल्न दिन भएन खोल्न दिए सुरक्षा मापदण्ड पुरा गरेर सबै क्षेत्रमा सहज रुपमा ब्यबसाय संचालन गर्न दिन पर्र्यो भन्ने ब्यबसायीहरुको गुनासो थियो ।

त्यसको जबाफमा काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले अहिलेको जटिल परस्थितिमा हामी सबैले स्वास्थ्य सुरक्षाको सजकता अपनाउनु पर्ने र आफु भर्खरै काठमाडौँ प्रहरी प्रमुख भएर आएको र सबै कुरा जानकारी नभैसकेकाले यस बिषयमा अब केहि दिनमा जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालय संग छलफल गरेर कसरी सहजीकरण गर्न सकिन्छ भन्ने जानकारी लिने र सर्कुलर जारी गर्ने सबै ब्याबसयिहरुलाई ब्यबसाय गर्नको लागि सुरक्षा मापदण्ड अनुसार ब्यबसाय संचालन गर्न सहयोगीको भूमिका खेल्ने प्रतिबद्दता ब्यक्त गरे । आफुले सबैको जन गुनासो सुन्ने र सबै नागरिक संग प्रहरी जनताको साझेदारी हुन् भन्ने बाताबरण तयार गर्ने पनि प्रतिबद्दता ब्यक्त गरेका थिए ।
त्यस क्रममा दोहोरि ब्यसयिहरुको प्रश्न थियो ? के कोरोना भाइरस कोभिड १९ एक क्षेत्रमा मात्रै लाग्ने होर ठमेल दरवारमार्ग पुतलीसडक बुद्दः नगर क्षेत्रमा नलाग्ने तर बानेश्वर कोटेश्वर क्षेत्रमा लाग्ने हुन्छ र ? कोटेश्वर क्षेत्रमा दोहोरी साझ ब्यबसायीलाई ब्यबसाय संचालन गर्न रोक लगाएको छ त्यसको जवाफमा काठमाडौँ प्रमुख सिंह ले भने अबको केहि दिनमा सबै संग छलफल गरेर सहज बाताबरण बनाउने काम गर्ने छु राम्रो काम गर्नेहरुको लागि आफु सधै नै सहजकर्ताको भूमिका खेल्न तयार रहेको धारणा ब्यक्त गरेका थिए ।
कलाकार तथा दोहोरी ब्यबसायीहरुलाई सधै नै सहयोग गर्ने धारणा ब्यक्त गर्दै सिंहले यदि तपाईहरुलाई परेको समस्या गुनासो भए मलाइ जुनसुकै बेला पनि जानकारी गराउन सक्नु हुनेछ म सहयोग गर्न तयार छु भने । यदि कुनै पनि प्रहरी कर्मचारीहरुबाट अनाबश्यक दुख दिने त्यस्तो कुनै व्यवहार भएमा पनि मलाई सिधै सम्पर्क गर्नहोस् मैले गर्ने जुनसुकै सहयोग गर्न म तयार हुन्छु भन्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा कलाकार, चलचित्र निर्माता एवम् राष्ट्रिय संगीतकर्मी संघका महासचिव बिक्रम जंग शाह, उपाध्यक्ष तथा चर्चित गायक अमृत खाती, महिला उपाध्यक्ष उमा श्रेष्ठ, केन्द्रीय सदस्यहरु सिर्जु अधिकारी, रिना थापा मगर लगायतको उपस्थिति रहेको थियो ।