काभ्रेपलान्चोक – रामेछाप जिल्लामा जन्मनुभएको कलाकार टिकाराम श्रेष्ठले धेरै गीत संगीतमा सहकार्य गर्नु भएको छ । मच्चाउन लाई धुम जस्ता धेरै गित संगीत बजारमा ल्याउन सफल कलाकार श्रेष्ठ पछिल्लो समयमा टेलिसिरियल तिर व्यस्त देखिन्छ ।
“पर्देशिको पीडा, ढाँट्न सम्म ढाँटे र गरिबको जिन्दगी” जस्त चर्चित गीत र टेलिसिरियल बजारमा ल्याउन सफल कलाकार श्रेष्ठ ब्यबसाय पनि गर्दै आएका छ्न । गित संगीतमा धेरै रूचि चाहाना भएको कारणले पनि उनले आफ्नो होटलको नाम पनि म्युजिक क्याफे राखेको बताउछन् ।
श्रेष्ठ कलाकारिता क्षेत्रमा आज भन्दा झण्डै १० वर्ष अगाडी देखी क्रियासिल छ्न। उनी गाउने देखि लिएर अभिनय गर्ने टेलिसिरियल लेख्न, मोडलिङ सबैमा आबद्ध छ्न ।पछिल्लो समयमा उनी गायन लाई अलि पछि राख्दै टेलिसिरियल लेख्न र अभिनयमा ब्यस्त देखिन्छन् ।
रामेछाप जिल्लामा त्यति धेरै कलाकारहरु देखिदैन तर उनी रामेछापको भएपनि काभ्रे जिल्लामा बसेर कलाकारिता क्षेत्रमा निरंतरता लागिरहेका छन । उनको भर्खरै मात्र पर्देशिको पिडा नामको टेलिसिरियल बजारमा सार्वजनिक गरेका छन ।https://youtu.be/_tloyOUZlmM








