काभ्रेपलान्चोक – मैले रुँदा आँसु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ बोलको गीतको म्यूजिक भिडियोको छायांकन सम्पन्न भएको छ । छोटो समयमै चर्चामा आउने मोडलहरु मध्यको एक नाम हो समिक्षा पोखरेल । उहाँले झण्डै तीन दर्जन भन्दा बढी गितमा अभिनय गरिसक्नु भएको छ । छोटो समयमा नै आफ्नो नाम चम्काउन सफल मोडल मध्यमा पर्नु हुन्छ समिक्षा पोखरेल

मोडल पोखरेल ले मैले रुँदा आँसु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ बोलको गीतमा केही दिन अगाडि अभिनय गर्नु भएको छ । यो गित पनि अब छिटै बजारमा आउने जानकारी दिनु भयो ।

नागेन्द्र श्रेष्ठको सुमधुर संगीत शृजना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको गीतको भिडियो काठमाडौँ उपत्यकाका रमणीय स्थानहरु किर्तीपुर, त्रिवी विश्वविद्यालयको प्रागंगण, भैँसेपाटी, पेप्सीकोला लगायतका स्थानमा २ दिन लगाएर छायांकन गरिएको छ ।

भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय नायक आकाश श्रेष्ठ र समिक्षा पोखरेलको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन हिरा काजी थापाले गर्नु भएको छ ।