विश्वमा कोरोना भाइरसको महामारी चलिरहेको छ । भाइरसका कारण तीन चार महिना त लकडाउन नै भयो । लकडाउन पछि सबै क्षेत्रहरु ठप्प जस्तै थियो । नेपालीहरुको महान पर्व बिजया दशमी र शुभ दिपावली पनि सकियो । अब बिस्तारै सबै मानिसहरु आफ्नो काममा फर्कन थालेका छन । यसरी सबै आफ्नो काममा फर्कन थाले भनेर कोरोना भाइरस कम भने भएर होइन । लकडाउन र कोरोना भाइरसले गित संगीत फिल्म क्षेत्रमा नराम्रो प्रभाव पार्यो । अझै भन्ने हो भने गित संगीत त बजारमा आइरहेको देखिन्थो तर फिल्म क्षेत्र भन्ने ठप्प छ । लकडाउन र कोरोना भाइरसलाई मध्यनजर गर्दै धेरै कलाकारहरुले गित बजारमा सार्वजनिक गरे यसरी बजारमा सार्वजनिक गर्न मध्य मोडल रुपा लामा पनि एक हुन । मकवानपुर जिल्लाको मनहरि आठमा जन्मनु भएको मोडल रुपा आज भोलि गितको सुटिङमा निकै ब्यस्त हुनुहुन्छ । नोबल पढन, घुम्न मन पराउने लामाले अहिलेसम्म झण्डै २५ वटा म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ । प्रस्तुत छ उहीँ मोडल रुपा लामासँग नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले गरेको रमाइलो कुराकानी ;
० आज भोलि केमा व्यस्त हुनु हुन्छ?
म्युजिक भिडियो आउने तयारीमा छन तिनीहरुको सुटिङमा ब्यस्त छु ।
० यस क्षेत्रमा कसरी र कहिले देखि प्रवेश गर्नु भयो ?
2015 मा बिरु दाइ र पेम्बा दाइको साथ, सल्लाह, सुझाव र सहयोगले नै आज म यो क्षेत्रमा लागेको छु ।
० सानोमा सोच्नु भएको थियो म ठुलो भएपछि मोडल बन्छु भनेर ?
सानोमा त सोचेको थिएन कलाकार बन्छु भनेर सानो मा त म ठुलो भए पछि business woman बन्छु भन्ने लागेको थियो । टिभि फिल्म तिर केटि मान्छे कार चडेको मोबाइल बोकेको व्यवसाय गरेको देखाउदा म नि यस्तो नै बन्छु भन्नि सोचेको थिए ।
० पहिले जस्तो हजुरको म्युजिक भिडियो अहिले देखिदैन नि किन ?
धेरै बिरामी परेको कारणले रेस्ट गर्नु भनेको थियो। त्यहीँ भएर कम देख्नु भएको हो फेरि म त्यहीँ जोस जागरका साथमा आएको छु । मैले सकेको गर्ने छु अब हेरौ दर्शक श्रोताहरुले कतिको मन पराउनु हुन्छ ।
० तपाईंले अभिनय गर्नु भएको चर्चाको गित कुन हो ?
मेरो पहिलो तामाङ फिल्मको गीत सेमरि यला माया तिगँ रि यला माया भन्ने गित धेरै दर्शक श्रोताहरुले माया गर्नु भएको थियो ।
० यस क्षेत्र बाट तपाई आफ्नो जिबन चलाउन सक्नु हुन्छ ?
काममा सक्रिय भएर लाग्यो भनि जुन पेशा बाट पनि जिबन चलाउन सकिन्छ । बस आफुले मेहनत , परिश्रम गर्नु पर्यो मज्जाले सकिन्छ ।
० यस क्षेत्रमा आएको विकृति लाई कसरी लिनु हुन्छ ?
विकृति फैलिदै गयो भने म कलाकार हु भन्न लाज हुन्छ त्यसले सबैले यस्तो विकृति ल्याउने क्रियाकलाप नगरिदिनु होला । केही गरि यस्तो विकृतिहरु बढदै गएमा कलाकारहरुको अन्त्य नै हुन्छ ।
० पछिल्लो समय नायक नायिका तथा मोडलहरुले अङ्ग प्रदर्शन गरेर चर्चा कमाउने गरेका छन , के चर्चामा आउन अङ्ग प्रदर्शन गर्नु पर्छ हो ?
अङ्ग प्रदर्शन गर्नु पर्छ जस्तो त लाग्दैन । तर 2 किसिमको दर्सक हुनुहुन्छ कला लाई सम्मान गर्न र अर्को अङ्ग प्रदर्शन लाई मन पराउने । त्यो अब आ-आफ्नो नजरको कुरा हो मेरो विचारमा गर्नु पर्दैन जस्तो लाग्छ ।
० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा अभिनय गर्नु भयो ?
मैले २५ वटा म्युजिक भिडियोमा अभिनय गरेको छु केही आउदै छन अब केही सुटिङको क्रममा छन । बिस्तारै आउदै छ ।
० तपाईंको बिचारमा प्रेम ?
प्रेम मेरो बिचारमा जिबन जिउने एक साहारा हो । प्रेम मै जिबन अल्झेको हुन्छ। प्रेम नभए एक अर्को बिच मान सम्मान नै नहुने थियो । प्रेम बिना जिउछु भन्नु र अक्सिजन बिना बाच्छु भनु उस्तै हो।
० आफुलाइ लायकको केटाहेर्नू पर्ने भयो भने कस्तो टाइपको हेर्नू हुन्छ ?
मलाई बुज्ने माया गर्ने अनि काममा डेडिकेट हुने र हेर्दा राम्रो सुहाउँदो हुनै पर्यो नि अनि अर्को कुरा राम्रो भन्दा नि असल केटो मन पर्छ ।
० विश्वमा नै कोरोना भाइरसको महामारी फैलिएको छ ।नेपालमा पनि दिन प्रतिदिन संक्रमित बढिरहेकोे अवस्थामा तपाईं मोडल भएको हिसाबले के सन्देश दिन चाहानु हुन्छ ?
कोरोनाको महामारी फैलिएको बेला आफु सुरक्षित हुनुहोस आफ्नो परिवार को ख्याल गर्नुहोस विशेष काम बाहेक बाहिर हिड डुल नगर्नुहोस् आफु र परिवार सँगै समाज लै नि सुरक्षित बनाउनुहोस भन्न चाहान्छु ।
० आगामी योजना के बनाउनु भएको छ ?
कलकारिता सँगै सफल business woman बन्ने योजना गर्दै छु ।
० अन्तमा ?
तपाईं लगायत हजुरको मिडिया लाई धेरै धेरै धन्यवाद विश्वमा नै कोरोना भाइरसको महामारीको छ जहाँ हुनुहुन्छ
सुरक्षित रहनु होला । मेरा कामहरु लाई हर्नु होला तपाईहरु लाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला । अबको हप्तामा दुई वटा म्युजिक भिडियो सपना श्री दिदि र अनिल लामाको गीत रिलिज हुदै छ हेरेर प्रतिक्रिया दिनु होला साथ सहयोग र हजुरहरुको माया प्रति आभारि छु ।








