काभ्रेपलान्चोक – नेपाली बजारमा गीतहरु दिनानुदिन आइरहेका छन् । त्यसैगरी भर्खरै मात्र लोक तथा दोहोरी गायक राजेन्द्र भण्डारीको कल्पना बोलको गित सार्वजनिक भएको छ । विश्वमा फैलिएको कोरोना भाइरसका कारण गित संगीतमा निकै प्रभाव परेको थियो । यसको बाबजुद पनि कल्पना बोलको गित सार्वजनिक भएको छ ।
राजेन्द्र भण्डारी र कल्पना दाहालको सुमधुर आवाजमा गित बजारमा आएको हो । कल्पना बोलको लोक दोहोरी गितको लय तथा शब्द उहीँ गायक राजेन्द्र भण्डारीले संकलन गरेका छन । एेरेन्ज कृष्ण पुनले गरेका छन भने म्युजिक बैक रेकर्डिङ स्टुडियो बाट गितको रेकर्ड गरिएको छ ।
निकै राम्रो लोकदोहोरी गित कल्पनाको भिडियो निर्देशन गायक राजेन्द्र भण्डारीले नै गरेका छन । यसैगरी गितको छायांकन सुरेश श्रेष्ठले गरेका हुन भने सम्पादन प्रकाश धमलाले गरेका छ्न । गितमा अभिनय राजराम कोइराला र आयुश्मा दवाडीको रहेको छ ।








