ग्लाेवल नेपालीज सेफ फेडरेसनले लक्ष्मी पुजाकाे दिन आफ्नो केन्द्रीय कार्यालयमा देउसि ,भैलाे कार्यक्रम गरेको छ।

काेराेन कहरका विच आफ्नो संस्कृतिलाई जगेर्ना गर्ने र देउसिकाे स्लाेक मार्फत नेपाली खाना र संस्कृतिकाे जगेर्ना गर्ने उदेश्य रहेकाे संस्थाका महासचिव माेहन गजुरेलकाे विचार रहेको छ ।
नेपाली खानालाई हामी हरेक हाेटल ,रेष्टुरांकाे टेवुलमा पुर्याउने हाे भने प्रत्येक हाेटल व्यवसायिले अठाेट लिने र सेफहरूले आफुले नजानेकाे परिकारकाे विषयमा तालिम तथा अध्ययन गर्नु पर्ने संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी वताउछन।त्यस्तै भण्डारी भन्दछन नेपालमा हरेक क्षेत्रमा खुड्डा तान्ने प्रवृत्ति रहेकाेले याे क्षेत्र पनि अछुताे छैन ।खराव आचरण भयका ,अरूले गरेका काममा राम्रो नभन्ने आफुले जे गरेपनि राम्रो भन्नेहरूकाे जत्थाले हाेटल व्यवसायकाे क्षेत्रमा समेत गांजेकाे छ । मौलीकताको र संस्कृतीकाे नाममा केही उरेन्ठेउलाहरूकाे हुटहुटिमा लागेर सेफहरूलाई खाना भन्दा अन्यत्र माेड्न सीपालुहरूले लङ्गुरवुर्जाका खाल तेर्साएर गाेटि हल्लाउन लगायर आफ्नो गाेटि वनाई रहेकाे विचार व्यक्त गर्दछन ।
कार्यक्रममा काठमाडौं ,भक्तपुर ,ललितपुर ,काभ्रे ,धादिङ लगायतकमा जिल्लाका २० /२१ जना सेफहरूकाे उपस्थितिमा कार्यक्रम भयकाे थियाे ।
देउसि का स्लाेकहरू यस प्रकार थियाे ।
आहै भनभन भान्से हो -देउसिरे
आहै नलजाइ भन -देउसिरे
आहै स्वर मिलाई भन – देउसिरे ।
आहै नलजाई भन – देउसिरे ।।।
आहै भान्से नगाको – आहै देशै नहोस्
आहै रोटी नपाक्ने – आहै घरै नहोस्
आहै भान्सेको इज्जत – आहै कहिलै नजावस
आहै कोरोनाले निम्तो- आहै कहिलै नगरोस्
आहै झोल ले इम्युनिटी – आहै बढाउंदै जाअाेस
आहै कोरोना हामीसंग – आहै डराउदै जाअाेस
आहै क्वाँटिले, मिनिस्ट्रोनी -आहै हराउदै लगोस
आहै खोले र फाँडो -आहै हाम्रा सुप हुन
आहै कोदो फापर हाम्रा – आहै स्रोतनै हुन
आहै पकाउन नै – आहै हतारो होस्
आहै भन्सामा दहीको -आहै कतारो होस्
आहै शेर्पाको रिलदुक – आहै पकाउदै जाउ
आहै बुढा सेफहरुलाई – आहै फकाउदै जाऊ
आहै बिहानको खाजा -आहै भक्का नै होस
आहै रिकीकुर पनि – आहै पक्का नै होस
आहै ढिक्री ले पनि – आहै ठाउँ लियोस
आहै कोशिको पेडालाई – आहै मानै दिइयोस
आहै दुनट छुंदा – आहै सेलरोटी होउस
आहै क्र‍ोशन पोल्दा – आहै फिने होउस
आहै कुकिज को ठाउँ – आहै अर्सा नै खाँउ
आहै बर्थेडे मा बत्ति – आहै कहिलै ननिभाँउ
आहै अग्रज भान्से – आहै सज्जन होउन
आहै लङ्गुर वुर्जा – आहै कहिलै नखेलुन
आहै नया पुस्ताले यस्तो – आहै कहिलै नसिकुन
आहै भान्सेको इज्जत – आहै कहिलै नझरोस्
आहै बिदेशी खान – आहै कहिलै नपरोस्
आहै अर्कालाई कटाक्ष – आहै कहिलै नगरुन
आहै बिदेश मा बस्दा -आहै नमात्तिउन
आहै फुलौरा यहाँ -आहै फुर्दै जाउन
आहै बटुक यहाँ – आहै सितन होउन
आहै अरुखानाको कतै – आहै ठाउँ नहोस्
आहै हराको नेपाली खाना -आहै खोज्दै जाउ
आहै भान्सेका घाउ – आहै ठिक हुँदै जाउन
आहै कोलालाई छुदा – आहै मोहि बनोस
आहै भान्सेको सिर – आहै ठाडो रहोस्
आहै नया भान्से धेरै – आहै जान्ने होउस्
आहै अग्रजलाई इज्जतमा – आहै बान्ने होस्
आहै रसिलो पोसिलो – आहै खान्की होउस्
आहै स्याउको जस्तो – आहै बान्की होउस्
आहै होटलमा पाहुना -आहै आइ नै रहुन
आहै भान्सेहरु काममा – आहै धाई नै रहुन
आहै मनग्गे पैसा – आहै पाई नै रहुन
आहै भनभन भान्से हो -आहै देउसिरे भन
आहै नलजाइ भन आहै-देउसिरे भन
आहै स्वर मिलाईकन -आहै देउसिरे भन
आहै नलजाईकन -आहै देउसिरे भन ।