काभ्रेपलान्चोक – साेफिया र राजकाे बुढीकाे कचकच
अहिलेका व्यस्त निर्देशक अादित्य बुढाथोकीकाे निर्देशन रहेको ‘बुढीकाे कचकच … ‘ बाेलकाे गितकाे भिडियो सार्सार्वजनिक भएको छ ।
सानाे भन्दा सानो विषयमा पनि गहिरिएर अध्ययन गरि प्रस्तुतिकरण दिने निर्देशक बुढाथोकीको निर्देशनमा बजारमा आएको
“बुढीकाे कचकच …” बाेलकाे भिडियोले सार्वजनिक भएको छाेटाे समयमा नै चर्चाको शिखरमा पुगेको छ । भिडियो रिलिज भएकाे १ दिनमै २० अाैं हजार भ्युज नाघिसकेको छ ।
समसामयिक पारिवारिक कथा बस्तुमा निर्माण भएको भिडियोलाई निर्देशक बुढाथोकीले सहज ढंगमा उत्कृष्ट बनाउन खाेजेका छन् । बुढाबुढी बीच हुने घर झगडालाई भिडियोमा प्रस्तुत गरिएकाे छ । सानातिना गल्ती तथा जीवनका अाराेह अवराेहहरुमा अाइपर्ने महत्वकांक्षा अनि चुनाैतीले श्रीमान श्रीमती बिच अाउने तनावलाई भिडियोमा उत्कृष्ट फिचर गरिएको छ ।
घरमा आयो सधै कचकच छैन मनमा चैन
बिना कारण खोज्छेउ निहु कुरा बुझ्नु छैन
लौन मलाई के दशा लायो के दशा लायो
यहि बुढीकाे कचकचले ज्यान खायो
साेफिया बज्राचार्यकाे प्रस्तुति ” बुढीकाे कचकच …” मा पर्यटकीय स्थल धुलिखेलकाे देविस्थान अासपासकाे रमणीय दृश्यलाई कैद गरिएकाे छ । निकै नै उत्कृष्ट बनेकाे भिडियोमा साेफिया बज्राचार्य र राजकाे साथमा सुनिल जिम्बा, शसिशेखर बुढाथोकी, नवराज दाहाल, ममता घर्ती, अन्जु त्रिपाठी, मिस्रा काफ्ले, सुकदेव थपलिया, सावित्री राना मगर, सहदेव राभाट, दिनेश रानाभाट, प्रजुन रानाभाट, सदिच्छा गिरीकाे अभिनय रहेकाे छ ।मुकेश हुमागाईकाे छायांकन रहेकाे भिडियोमा कविता तोलाङ्गीकाे श्रृङ्गार, पदम सुवेदीकाे सम्पादन रहेको भिडियोको कलर संयोजन मिलन विश्वकर्माको रहेको छ । भिडियाेमा अमरकृष्ण चन्दको सह निर्देशन रहेको छ ।
साँझ बिहान नभनेर काममा गाछु जहिले
हाम्रै लागि हाे भनेर कुरा बुझ्छाै कहिले
तिमी बिना मेरो पनि छ जीवन अधुरो
खुशी लाग्यो ढिलो भए नि बुझ्यौ मनको कुरो
जतिसुकै तनाव अनि चुनाैती अाए पनि त्यसलाई सकारात्मक साेचले सरलीकरण गर्नुपर्छ । श्रीमान श्रीमती दुई रथका पाङ्ग्रा हुन् । बुढाबुढीकाे झगडा परालकाे अागाे हाे । एकअर्कालाई बुझेर जीवन सार्थक बनाउनुपर्छ भन्ने भाव गीतमा प्रस्तुत गरिएको छ ।
गीतमा चर्चित गायिका एलिना चाैहानकाे सुमधुर स्वरकाे साथमा भरत भट्टकाे कर्णप्रिय स्वर रहेको छ । सपना बानियाँ र भरत भट्टकाे शब्द सृजना रहेको गीतमा सपना बानियाँले संगीत भरेका छन् भने संगीत एरेन्ज केबी भण्डारीकाे रहेको छ । भिडियो अाेएसअार डिजिटलले बजामा ल्याएकाे हाे ।








