काभ्रेपलान्चोक – सबै जुटे के चाहि नहुने रहेछ र ? हाल विश्वमा महामारीको रुपमा फैलिएको कोराना Covid 19 लाई मध्यनजर गर्दै मन्डनदेउपुर नगरपालिका वडा नं ३ मा अवस्थित श्री द्वारपालेश्वोर माध्यमिक विद्यालयले नगरपालिकामा कुनै बिधालयले गर्न नसकेको बैकल्पिक विधि , online कक्षा कार्यक्रम मार्फत वैकल्पिक सिकाइ प्रदान गरिरहेको छ ।

एस्तो माहामारीको समयमा पनि internet को माध्यमलाई प्रयोग गरेर बिद्यार्थीलाई शिक्षा बाट बन्चित गरौउनु भएको छैन ।

बिधालयले गरेको काम देखेर थाहा हुन्छ, कोभिड -१९ को सुरुवाती अवस्थामा नै पछि असहज परिस्थिती आउन सक्छ , बिद्यार्थीले शिक्षाबाट बन्चित हुन नपरोस भनेर प्र.अ केशब प्रसाद सापकोटाको पहलमा बिधालय भएको वडा भरिनै internet जडान गराउनु भयो।

सामुदायिक बिधालयले आफ्नो जिम्मेवारीलाई सहज रुपमा पूरा गर्ने हो , एस्तो माहामारीको समयमा online class लाई प्राथमिकता दिने हो भने सामुदायिक बिधालय प्रती जनमानसको सोच पनि सकारात्मक भइ शिक्षा क्षेत्रको बिकास चाडै हुने यस बिधालयमा कार्यरत , online class सन्चालक तथा बिज्ञान विषयका शिक्षक किरण रेग्मी बताउछन ।
यसरी online class बाट पढ्न पाउँदा बिद्यार्थीहरु खुसी भएका छन ।