काभ्रे – आई.एम.विथ.सेफ काे संयाेजन र आईएचएम कलेज सातदोबाटो र दक्षिणकाली नगरपालिका र पर्यटन बोर्डकोको संयुक्त संयाेजनमा अायाेजित सेलरोटी काे स्वाद नामक कार्यक्रमसम्पन्न भयकाे छ ।
दक्षिणकाली मन्दिरको परिचय बोकेको सेलरोटीको मौलीकता र बजारीकरण गर्ने उदेश्यले सोमबार त्यहाँस्थित व्यवसायीहरुबीच सेलरोटी पकाउने र पस्कने कलाको प्रतिस्पर्धा आयोजना गरिएको छ ।
तिहारमा पकाइने मुख्य परिकार मध्येको एक सेलरोटी र दक्षिणकाली मन्दिरको धार्मिक पर्यटन प्रवर्दन गर्ने उदेश्यले मन्दिर क्षेत्रमा रहेका करिब ५ दर्जन व्यवसायीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
ललितपुर सातदोबाटो स्थित आइएचएम कलेज र आइएम विथ सेफको संयोजन तथा दक्षिणकाली नगरपालिका र पर्यटन बोर्डको सयुक्त सहकार्यमा नेपाली सेफ र कलरीनरी जगतका विभिन्न संघसंस्थाहरू ग्लाेवल नेपालीज सेफ फेडरेसन ,हाेटल संघ नेपाल ,सेफ एशाेसियसन अफ नेपाल ,रेष्टुरेन्ट तथा वार एशाेसियसन ,ग्याष्ट्राेनाेमी अशाेसियसन अफ नेपाल,हाेमस्टे(घर-बास) एशाेसियसन नेपाल,रैथाने चुल्हाे,ईन्टरनेसनल नेपालीज सेफ साेसाईटी,वल्ड सेफ च्वईस फेडरेसन,ईण्डीया,ईण्डीयन राेयल गाेर्खा कुलिनरि सेफ फेडरेसन लगायत एक दर्जन भन्दा बढि संघसस्थाको संयुक्त आयोजनामा सेलरोटीको स्वाद (टेस्ट अफ नेप्लिज फुड–द नेक्स्ट डेस्टिनेसन सिरिज) अन्तर्गत पहिलो कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली मौलीक खानालाई स्थानीय स्तरबाटै चिनाउने र त्यसको मौलिकता तथा बजार प्रवर्दन गर्ने उदेश्यले कर्मा मिडियाको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागि व्यवसायीलाई ३ समुहमा बिभाजन गरि सेफहरुको ३ वटा निर्णायक मण्डलीले तयारी, मौलीकता, स्वाद र बजारीकरणको सम्भावना लगायतको मापदण्डलाई आधार बनाएर उत्कृष्ट ३ व्यवसायीको छनाेट गरेका थिए ।
प्रतियोगितामा मायादिदीको खाजाकी सञ्चालक माया ब्लोन प्रथम, जयकाली खानाका सञ्चालक सारदा तामाङ्ग दित्तिय र बालकृष्ण श्रेष्ठले तृतिय स्थान हासिल गर्न सफल भए ।
उनिहरुलाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले क्रमश नगद १०, ७ र ५ हजार तथा प्रशंसापत्रले सम्मानित गरे ।
समापन कार्यक्रममा बोल्दै मेयर बस्नेतले दक्षिणकाली क्षेत्रको पहिचान अब सेलरोटीले चिनाउने बिश्वास ब्यक्त गरे । नगरपालिकाले देशका उद्योगी व्यवसायीहरुलाई यस क्षेत्रको पर्यटन प्रवद्र्धन र उद्योगमा लगानी गर्न बिशेष निति लिएको जानकारी दिए ।
होटल एसोसिएसन अफ नेपाल ( हान)का उपाध्यक्ष बिनायक शाहले कोभिडका कारण पर्यटन बर्ष नै स्थगित गर्नु परेको अवस्थामा यस किसिमका कार्यक्रमले व्यवसायीमा हौसला बढ्ने र गुणस्तर बढ्दै जाँदा त्यसको खपत पनि बढ्ने बताए ।
बिश्वमा हरेक देशले आफ्नो राष्ट्रिय ध्वजाबाहकमा आफ्नै मौलीक खाना, मेनुमा समावेश गर्ने गरेको स्मरण गर्दै नेपाल एयरलाइन्सले सेलरोटी जस्तो मौलीक र नेपालको चिनारी बोकेको खानालाई समेट्न सके बजारीकरण बढ्ने धारणा व्यक्त गरे ।
नेपालका पहिलो एक्जुकेटिभ सेफ गोबिन्द नरसिंह केशीले सेलरोटीको स्वादमार्फत मौलीक खानाको बिश्व बजारीकरणमा जुटेका सबैलाई एउटै शुत्रमा बाँधेको बताए।
कार्यक्रम मुलक आयोजक कमिटिका संयोजक एवम् आइएचएम कलेजका निर्देशक सुराच प्रसाईले नेपाली मौलीक खानाको प्रवर्धनमा यस किसिमको बृहत सहभागिताले खानाको मौलीकता प्रवर्दनमा एकता, सहकार्य र सम्मानको नया अध्याय सुरु गरेको उल्लेख गरे ।
कार्यक्रममा कोभिडबाट भोकभोकै परेका अति बिपन्न र असहायहरुलाई खाना खुवाउने अभियानमा सक्रिय सेफ टेकनाथ नेपाल र सेफ शिबहरी घिमिरे तथा मौलीक खानाको प्रचार ,आन्तारिक पर्यटन प्रवर्द्धन र होम स्टे व्यवस्थापनमा बिशेष योगदान पुर्याएबापत सेफ मोहन गजुरेललाई सम्मान गरिएको थियो ।
नेपाल सेफ एसोसिएसन(क्यान)का अध्यक्ष खड्क लामा,ग्लोबल सेफ फेडेरेसन अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी ,ग्याष्ट्राेनाेमि असाेसियसन अफ नेपाल अध्यक्ष नारायण थपलिया ,रैथाने चुल्हो निर्देशक प्रेमलाल तामाङ लगायत संस्थाका प्रतिनिधिहरूले कार्यक्रमलाई साथ दिएका थिए।







