आई.एम.विथ.सेफ काे संयाेजन र आईएचएम कलेज सातदोबाटो र दक्षिणकाली नगरपालिकाको संयुक्त आयाेजनामा मन्दिर परिसारका व्यवसायीहरू विच यहि २५ गते सेलरोटी वनाउने प्रतिस्पर्धा हुने भयकाे छ ।
आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन र त्यससंग जाेडियकाे आर्थिक तथा सामाजिक पक्षकाे बिकास,खाध्य तथा मौलीक खानाकाे प्रचार-प्रसार र बजारीकरणले मात्रै सम्भव हुन्छ भन्दै सेलरोटीकाे काे कार्यक्रम आयाेजना गरियकाे छ।
दक्षिणकाली मन्दिरकाे धार्मिक महिमा र जनविश्वास तथा धार्मिक पर्यटन,त्यस क्षेत्रमा सञ्चालीत सेल राेटीसंग जाेडियकाे खाध्य पर्यटन स्थानीय व्यवसायि र वजारलाई प्राेत्साहन गरि आमसञ्चारका माध्यम वाट चिनाउने उदेश्य रहेकाे आयाेजक तथा कार्यक्रम संयाेजक सुराच प्रसाईं ले जानकारि दियका छन ।
गत शुक्रबार दक्षिणकालि मन्दिर क्षेत्र विकास काेषकाे प्राङ्गणमा आयाेजना गरियकाे पत्रकार सम्मेलनमा प्रमुख अतिथि क्षेत्रविकास काेष तथा वडा नं ६ का वडाअध्यक्ष शंकरमान महर्जन काे प्रमुख आतिथ्यतामा तथा विकाष काेषका सदस्य सचिव पेसल कुमार पाेखरेलकाे विषेश आतिथ्यतामा सम्मेलन मार्फत कार्यक्रमकाे उदेश्य ,सफलता र रूपरेखा काे विषयमा जानकारि गराईयकाे थियाे ।
कार्यक्रममा ग्लाेवल नेपालीज सेफ फेडरेसनका केन्द्रीय महासचिव माेहन गजुरेलले वजारिकारणकाे विषयमा व्यसाईलाई र त्यसकाे महत्त्वकाे वारेमा भनाई राखेका थिए,त्यसैगरि अन्य संघसंस्थाका पदाधिकारि तथा सेफहरू
नारायण थपलिया,प्रेमलाल तामाङ,पशुपति पौडेल ,विकाश डंगोल ,जित माेक्तान लगायतकाे उपस्थितिमा व्यवसायिलाई कार्यक्रमकाे रूपरेखा र सान्दर्भिकता सम्वन्धि विचार राखेका थिए ।
सेलरोटी नेपाली जातजातिका रैथाने खाना भयकाेले यसलाई देशविदेशमा समेत प्रवर्द्धन गर्न सहयाेग पुग्ने उदेश्यले देश विदेशमा रहेका हाेटल तथा त्यस संग सम्वन्धित विभिन्न संघसंस्थाले संयुक्त रूपमा कार्यक्रममा उपस्थित जनाई व्यवसायीहरूलाई उर्जा दिन लागेकाछन जसमा ग्लाेवल नेपालीज सेफ फेडरेसन ,हाेटल संघ नेपाल ,सेफ एशाेसियसन अफ नेपाल ,रेष्टुरेन्ट तथा वार एशाेसियसन ,ग्याष्ट्राेनाेमी अशाेसियसन अफ नेपाल,हाेमस्टे(घर-बास) एशाेसियसन नेपाल,रैथाने चुल्हाे
,ईन्टरनेसनल नेपालीज सेफ साेसाईटी,वल्ड सेफ च्वईस फेडरेसन,ईण्डीया,ईण्डीयन राेयल गाेर्खा कुलिनरि सेफ फेडरेसन रहेका छन ।
नेपाली खानाको मौलिकता , चिनारी र बिश्व बजारीकरणको एउटै साझा उदेश्य हासिल गर्न सम्भवत पहिलो पटक यतिधरै संघसस्था र प्रतिनिधिहरु यस महान अभियानमा संगसगै जुटेका छौँ ।
ब्यक्तिगत , ब्यवसाहिक र नगन्य संस्थागत स्वार्थलाई अबका मितिबाट सधैका लागि टाढै राख्ने र राष्ट्रियता र खानासंगको बिशिष्ट पहिचानलाइ बिश्वमानचित्रमा स्थापित गरि छाड्ने साझा संङ्कल्पका साथ यस अघि देश भित्रै र बाहिरबाट भए / गरेका ब्यक्तिगत र संस्थागत अभियान तथा उल्लेखनिय उपलब्धिबाट समेत केहि सिक्दै , अनुभब लिदै र अझै धेरै परिस्कृत कार्यक्रमसहित अघि बढ्ने सामुहिक प्रतिबद्दता र एकताको यो एउटा “सिम्बोल” हुनेछ भन्दै कार्यक्रमका आयाेजक तथा संचालक सुराच प्रसाईले जानकारि गराय ।
हाम्रा अग्रज पुस्ताले यस महान अभियानमा बगाएको पसिना र युवा पुस्ताले जारी राखेको अथक मेहनत र प्रयासलाइ पनि इतिहासले मुल्याङ्कन गर्ने नै छ भन्ने बिस्वास लिएका छौँ ।
आउनुहोस ! “नेपाली खाना” को चिनारीबाट नेपाल र नेपाली जनको बिश्व मानचित्रमा बिशिष्ट पहिचान खोज्ने साझा अभियानमा जो जहा रहे/ भएपनि आफुले सकेको सहयोग गरौँ । दाहित्व पुरा गरौँ । कर्मले नै आफुलाइ सिद्द गरौँ ।कम्तिमा ” एक ब्यक्ति एक प्रयास” बारे सोचौं भन्ने मुल मन्त्र आम नेपालिले लिनुपर्ने छ ।
कार्यक्रममा दक्षिकालि मन्दिर परिसरका ५५ भन्दा वढि व्यवसायीको सहभागिता रहने छ भने उत्कृष्टलाई नगरपालिकाले पुरस्कारको व्यवस्था गर्ने छ भने मुल्यांकनकाे लागि विभिन्न संस्थाका वरिष्ठ सेफहरूले गर्ने आयाेजकले जानकारि दिएकाे छ ।







