काभ्रेपलान्चोक जिल्लाको धेरै जसो ठाउँमा यतिबेला डकमक्क फुल फुलेको देख्न सकिन्छ । नेपालीहरुको महान पर्व दशै पछि तिहार नजिकिदै गर्दा काभ्रेका विभिन्न ठाउँहरु कोशिपारी , डाडापारी, नमोबुद्ध , बनेपा , पनौती , धुलिखेल , तेमाल , रोशी आदि धेरै ठाउँहरुमा चारैतिर फुलहरु फुलेको देख्न पाइन्छ ।
यस पटक फुल रोप्ने समयमा लकडाउन भएको भएर धेरै मानिसहरू घरमा नै भएकाले पनि धेरै फुलहरु उत्पादन गरेको देख्न पाइन्छ । सबै घर आगनको भित्ता भित्तामा विभिन्न थरिका फुलहरु फुलेका छन ।
काभ्रेमा १० हजार माला खपत हुने र बाँकी ५० हजार माला भक्तपुर, काठमाण्डौ सहितका बजारहरुमा पठाउने तयारीमा ब्यवसायीहरु छुटेका छन् । काभ्रेका पुष्प ब्यवसायीहरुले मंसिर महिनाभर मात्रै झण्डै १८ लाख बराबरको सयपत्री र गोदावरी फुल बिक्रीबाट आन्दानी लिने उहाँको भनाई छ ।
काभ्रेमा ब्यवसायीक हिसाबले सयपत्री र गोदावरी अघिल्लो वर्षभन्दा कम लगाएपनि उत्पादन भने राम्रो रहेको किसानहरुले बताएका छन् । जिल्लाको पाँचखाल, धुलिखेल, नमोबुद्ध, बनेपा, पनौती नगरपालिका तथा रोशी गाउँपालिकामा ब्यवसायीक रुपमा सयपत्री र गोदावरी फुल खेती गरिएको छ ।







