काभ्रेपलान्चोक – रामशरण आले, रामशरण ढकाल र काब्य आचार्यको स्वरमा रहेको गीत ‘घैया मकै…’ सार्वजनिक भएको छ । शम्भु नेपालको शब्द, रामजी थापा मगरको सङ्गीत र विष्णु तामाङको एरेञ्ज रहेको लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको हो ।निरेन श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा प्रकाश तामाङ ‘राज’ आरुषी मगर, दिपेश ढकाल र सुजाता भट्टराईको साथै बालकलाकार पृथ्बी आले र शितल राणाको आकर्षक नृत्यसहितको अभिनय देख्न सकिन्छ । मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोमा डबिड सिलुवाल ‘सिताराम’को सम्पादन रहेको छ ।https://m.youtube.com/watch?feature=share&v=7_7ymQ1CEVI








