काभ्रेपलान्चोक – तीन दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेका एड्भेन्चर स्टार गौतम खाती यस् वर्षकै आधुनिक सर्वोकृष्ट मोडेलको अवार्डबाट सम्मानित भएका छन ।

केही दिन अघी सम्पन्न भएको नेपाल आर्ट कल्चर म्युजिक अवार्ड २०७७ कार्यक्रममा ६२ विधाको अवार्ड वितरण गरिएको थियो । कार्यक्रममा माननीय सहरी विकास राज्यमन्त्री रामबिर मानन्धर ज्यु र नेपाली चलचित्र बोर्डका अध्यक्ष दायाराम दाहालज्यु लगायतका विशिष्ट व्यक्तीत्वहरुको उपस्थिति थियो । वंहाहारुकै हातबाट संयुक्त रुपमा सबै सम्मानित व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो । सोही क्रममा एड्भेन्चर स्टार गौतम खातीलाई पनि वर्षकै आधुनिक सर्वोकृष्ट मोडेलको अवार्ड प्रदान गरिएको थियो ।

खातीले हालै अभिनय गरेको ‘कोरेको छु तिम्रो तस्वीर’ म्युजिक भिडियोबाट सो अवार्ड हात पारेका थिए । भिडियोमा उनलाई नायिका प्रियांका कार्कीले साथ दिएकी थिइन भने निर्देशक सुव्रत राज आचार्यले सो भिडियो निर्देशन गरेका थिए । भिडियोलाई दर्शक श्रोताले अत्यन्तै माया गरेको र उहांहरुकै मायाले नै आफु आज यो स्थानसम्म पुग्न सफल भएको र सम्मानित भएको र सम्पूर्ण सहयोगी हातहरु र माया गर्ने मनप्रति आभारी रहेको कुरा एड्भेन्चर स्टार गौतम खातीले तेजनेपाललाई बताए ।

कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले यस्ता सम्मान र अवार्डले कलाकारहरूलाई आफ्नो क्षेत्रमा अघि बढ्न प्रोत्साहन मिल्ने बताए । यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानलगायतले पनि अवार्डको चर्चा गरे ।