बनेपा, बनेपा–६, बुडोलमा रहेको पञ्चकुमारी बहुउद्देशीय सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
बुडोलमा रहेको श्रीकृष्ण सुर्यदर्शन पार्टी प्यालेसमा सामाजिक दुरी कायम गरेर भएको साधारण सभामा जिल्ला सहकारी संघ लिका सचिव दिलिप शर्मा, वडा नं.६ का प्रतिनिधि बिष्णु नारायण श्रेष्ठ, संस्थाका सल्लाहकारहरु कृष्णप्रसाद तिमल्सिना, बाबुकृष्ण पन्त, कृष्ण प्रसाद शर्मा दाहाललगाएतको आतिथ्यता रहेको थियो ।
अध्यक्ष मधुसुदन पन्तको अध्यक्षतामा भएको वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनको निर्वाचनबाट आगामी कार्यकालका लागि नयाँ समिति निर्बिरोध निर्वाचित भएको छ । निर्वाचन समितिका संयोजक चतुर्भुज तिमल्सिनाले घोषणा गरेको समितिमा अध्यक्ष मधुसुदन पन्त, उपाध्यक्ष कल्पना सापकोटा, कोषाध्यक्ष लोकमणी दाहाल, सह–कोषाध्यक्ष ईश्वरी तिमल्सिना, सचिब गोविन्द दाहाल, सह–सचिव बद्रि केसी र सदस्यहरुमा प्रेमप्रसाद सत्याल, नवराज तिमल्सिना, माधव रिमाल, यादब प्रसाद सिटौला रहेका छन ।
कार्यक्रमा उत्कृष्ट वचतकर्ता नानी देवी कुइकेल र असल ऋणी भरत तिमल्सिनालाई सम्मान गरिएको थियो ।