कवि, गीतकार एवम् साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नयाँ भजन ‘दर्शन’ सार्वजनिक भएको छ । साहित्यकार अमरको २६ औं कृति दर्शन एल्बमको राजधानीमा एक समारोह बीच सामाजिक दुरी कायम गर्दै सार्वजनिक गरिएको हो ।
गीतकार सुरेन्द्र महर्जन र सूर्यकमल राईको स्वर रहेको गीतमा राम कार्की र सूर्यकमलको सङ्गीत छ । यस्तै राम कार्की र संजय हमालको एरेञ्ज छ ।
ओएसनेपालका विवेक कार्कीको सभापतित्वमा सम्पन्न सार्वजनिक कार्यक्रममा राजाराम फुँयाल, तुल्सी गिरी, गीता अधिकारी, राजु श्रेष्ठले मन्तव्य राख्नु भएको भने कार्यक्रम दीप गुरुङले सञ्चालन गर्नुभएको थियो ।








