मुम्बई– नेपाली कलाकार नीतु कोइराला मुम्बईमा वितरण गरिने ‘दादा साहब फाल्के आइकन अवार्ड फिल्म्स’ को आयोजक समितिमा मनोनित भएकी छिन् ।
हाल मुम्बईमै रहेकी मोडल तथा अभिनेत्री नीतु कोइरालालाई नोभेम्बरमा मुम्बईमै आयोजना हुने उक्त अवार्ड समारोहको उपाध्यक्षमा मनोनित गरिएको हो ।









