नेपाली गित संगीत बजारमा आउने क्रम जारी छ । गित निकाल्नु मात्रै ठुलो कुरा होइन निकालेको गित कतिको चल्छ भन्ने कुरा ठुलो हो । एक पछि अर्को गित निकाल्ने क्रममा सावित्री श्री को अर्को गित धोका मात्रै पाए सार्वजनिक भएको छ । गितमा अभिनय सुमन थापा र सबिना मगरले गरेका छन ।
श्रीले निकालेका गित यति बेला दर्शक श्रोताको रोजाइमा पर्ने गएको छ । माया प्रेम बिछोड जस्ता कुराहरु लाई समेटिएर निकाल्ने भएको कारणले पनि दर्शक श्रोताले मन पर्याउने गरेको पाइन्छ ।
धोका मात्रै पाए बोलको गितमा सावित्री श्री र सुमन थापाको आवाज रहेको छ भने लय तथा शब्द एच.आर रसाइलीको रहेको छ । भिडियोको निर्देश निशान एस.के ले गरेका छन भने छायांकन नरेश आर्यले गरेका छन । सुमन थापा र सबिना मगरको अभिनयमा गित बजारमा सार्वजनिक भएको छ । https://youtu.be/Gqzhe2cXIio








