गायक एंव निर्देशक ओम तामाङ वाइबाको आवाजमा रहेको ‘सोल्टिनी ज्यु’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । जिग्मे मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वाजानिक गरिएको हो ।
देबेश राइले संगीत संयोजन गरेको उक्त गीतमा उनै गायक एंव निर्देशक ओम तामाङ वाइबा कै संगीत, शब्द र आवाज रहेको छ भने भिडियो पनि उनैले कोरियोग्राफी र निर्देशन गरेका हुन ।
भिडियोलाई सुर्य लामाले छायांकन, ड्रोन र कलर गरेक्जा हुन भने बज्र ङेसुरले सम्पादन गरेका हुन ।
भिडियोमा ओम तामाङ वाइबा, अनु थिङ, अशोक तामाङ वाइबा र निश्कला लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । https://youtu.be/y5zeWpElFHg








