बान्तुको ‘हृदयको आवाज…’ सार्वजनिक (भिडियोसहित)

गीतकार अमर वान्तुको नयाँ गीत ‘हृदयको आवाज…’ सार्वजनिक भएको छ । दाउत राई र दीपका लामाको स्वर, दाउतकै कम्पोज तथा उदय राज पौडेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

देवजंग थापाको निर्देशन रहेको गीतको भिडियोमा अभिषेक श्रेष्ठ र दीपिका वोलन लामालाई फिचर्ड गरिएको छ । देव एण्ड टिमको छायाँकन, ज्ञान चौलागाईंको ड्रोन र रहेको गीतको भिडियोमा प्रदीप वस्नेतको सम्पादन छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीतकार अमर वान्तुको प्रायः गीत स्रोता/दर्शकमाझ लोकप्रिय छन् । आफ्ना अन्य गीत जस्तै यो गीतलाई पनि सबैले मनपराइदिनेमा आफू आशावादी रेहेको अमरले बताउनु भयो

प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार
प्रतिक्रिया