नेपाली लोक तथा दोहोरी गीत संगीत, त्यसमाथि पनि काँठ क्षेत्रका कलाकारहरुमा यस्ता कलाकारहरु पनि छन् , जस्ले बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल रहेता पनि आफ्नो कलालाई अशंख्य श्रोता तथा दर्शकहरु माझ प्रस्तुत गर्नका लागि संयोग जुटाउन सकिरहेका थिएनन् । तर यस पटक भने उनले काँठ क्षेत्रको गीत संगीतको बाडी आइरहंदा चुप लागेर बस्न सकेनन् । उनि हुन् राम थापा शिशिर प्रत्यक्ष दोहोरीमा ख्याती कमाई रहंदा उनले आफ्नो पहिलो सांगीतिक कोसेली “कस्तो दशै आयो” भर्खरै बजारमा लिएर आएका छन् ।
मौलिक स्वादमा तयार भएको यस गीतमा राम थापा शिशिर र लोकप्रिय गायिका गिता देवीको सुमधुर स्वर रहेको छ ।
राम थापा शिशिर द्वारा शब्द र लय सिर्जना भएको यस गीतलाई सुन्दा र हेर्दा जो कोहीलाई पनि आफ्नै गाउँ वस्ती र कुना कन्दरामा रहेको महसुस हुन सक्दछ ।
“कस्तो दशै आयो” बोलको गीतको म्युजिक भिडियोमा सुबाश बजगाई , सपना क्षेत्री र बालकलाकार आशिष देवकोटाको आकर्षक अभिनय देख्न सकिन्छ ।
भिडियोलाई निर्देशन शिशिर बुढाथोकीले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन प्रकाश एस.केले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं








