“छिन छिन बज्ने चुरा” बोलेको गित केही दिन अगाडि बाट सार्वजनिक भएको छ । निकै उत्कृष्ट लय शब्द सिर्जनामा तयार भएको गित निकै दर्शक श्रोताहरुले मन पर्याउनेमा निर्माण पक्ष विश्वस्त छ । आज भोलि नेपाली बजारमा गित संगीत आउने क्रम जारी छ । धेरैका गित चल्न सकेका छैन्न मौलिक स्वादमा तयार भएको यस गीतमा शिव बहादुर पुर्कुटि र गायिका रितु ठकुरीको सुमधुर स्वर रहेको छ ।

बिष्णु तामाङको शब्द र शिव बहादुर पुर्कुटिको लय सिर्जना भएको यस गीतलाई सुन्दा र हेर्दा जो कोहीलाई पनि आफ्नै गाउँ वस्ती र कुना कन्दरामा रहेको महसुस हुन सक्दछ ।

“छिन छिन बज्ने चुरा” बोलको गीतको म्युजिक भिडियोमा निशान एस.के साबित्री र एसजनको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन निशान एस.केले गरेका हुन् भने छायांकन दिपक गिरिले गरेका छन् ।   https://www.youtube.com/watch?v=mae9WGAiUsE&feature=share