काभ्रेपलान्चोक – “पानि मिठो तिन धारा कलको” मौलिक स्वादमा तयार भएको गीतमा बि.बि.सी लामा च्यांग्बा र लोकप्रिय गायिका पार्वती कार्कीको सुमधुर स्वर रहेको छ भने नमराज ढुंगाना द्वारा लय सिर्जना भएको यस गीतलाई शब्द पनि गायक स्वयम् बि.बि.सी लामा च्यांग्बा नै तयार गरेका छन् । प्रस्तुत गीतलाई सुन्दा र हेर्दा जो कोहीलाई पनि आफ्नै गाउँ वस्ती र कुना कन्दरामा रहेको महसुस हुन सक्दछ । गीतलाई लोकप्रिय कलाकार एच.बि रसाइलीले संगीत संयोजन गरेका छन् । एच.बि को यो संगीत संयोजनलाई सुन्दा अबको दिनमा उनलाई यस क्षेत्रको अत्यन्त ब्यस्त संगीत संयोजनको रुपमा चिन्न सकिने अनुमान गर्न सकिन्छ ।
रामचन्द्र घिमिरेको बिशेष सहयोगमा तयार भएको “पानि मिठो तिन धारा कलको” बोलको गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र अन्जली अधिकारीको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सन्जिब ठकुरीले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं
भिडियो हेर्न तल क्लिक गर्नु होला ।








