
अच्युत बजगाई, सिनियर रिपोर्टर्स्
मौलिक र सामाजिक परिवेषमा आधारित नेपाली लोक नाटक लिलामे माइलो प्रदर्शनको तयारी भैरहेको छ । कुञ्ज नाटक घरको प्रस्तुति रहने नेपाली लोक नाटक लिलामे माईलोको अहिले रिर्हसलको काम तिब्र गतिमा भैरहेको कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिएका छन ।
मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको नाटकमा कथा÷निर्देशकः प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण ः राज थापा काउचा, कलाकारहरु सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्प अवस्थि, विजय नेपाल, विरेन्द्र खाति, अलविना न्यौपाने, विपना थापा लगाएतका कलाकारहरुको भुमिका रहेको छ भने फोटोग्राफि डकुमेन्टेसन युसव गौतम गौतमले गरेका छन् । मंसिर १४ देखि पुस ७ गते सम्म कुञ्ज नाटक घरमा मञ्चन हुने नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरिएको निर्माता गौतमले जानकारी दिए । नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित, नाटकको माध्यमबाट पुर्बी नेपालका आदिबासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्धन गर्नुको साथै पर्यटकिय क्षेत्र मोरङको राजारानि ताललाई पनि पर्वद्धन गर्न मद्धत पुग्ने निर्माता गौतमले बताए ।
लिलामे माइलो फेमेलि ड्रामा र सामाजिक विषयवस्तुलाई नाटकमा उतारेको बताउँदै कथा ÷ निर्देशक प्रभाकर न्यौपानेले रंगकर्मका माध्यमद्धारा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीहरुको स्थानीय रहसन, सँस्कृती, पर्ब, ति गाउँले जिवन यापन गर्नेहरुको जिवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत् गर्न लागेको बताए । नाटक अवधिभर कुञ्ज थिएटरमा लेटाङ स्पेशल निशुल्क फोटो प्रदशनी समेत राखिने छ । भने काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकाले निर्माण गरेको कला सामग्रीलाई पनि प्रर्दशनीमा बिक्रिका लागि राखिने छ । लिलामे माईलो नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकि रकम सामाजिक कार्यमा खर्च गरिने छ । नाटक माईला भएर जन्मनुभएकाहरुले निशुल्क हेर्न पाउने छन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका बृद्ध बृद्धाले नाटक कुनै पनि दिन निशुल्क हेर्न पाउने कार्यकारी निर्माता गौतमले जानकारी दिए ।








