धुलिखेल, बालविवाह अन्तका लागि भएको राष्ट्रिय कार्यशाला गोष्ठी धुलिखेल घोषणापत्र जारी गदै सम्पन्न भएको छ । कार्यशालामा ७ वटै प्रदेश मुख्यन्यायधिवक्ताको कार्यलयका प्रतिनिधी, प्रहरी, मानव अधिकारको क्षेत्रमा कार्यरत रहेका संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, मानव अधिकार आयोग र बालबालिका उपर हुने हिंसा विरुद्धको दक्षिण एशियाली संगठनको आयोजना उतm राष्ट्रिय कार्यशाला गोष्ठी भएको थियो । उतm कार्यक्रमको उद्घाटन राष्ट्रिय मानवअधिकार आयोगका कार्यवहाक अध्यक्ष प्रकाश वस्तीले गरेका थिए । उनले बालविवाह समाजका लागि ठुलो चुनौती भएको बताउँदै यसका लागि समाजमा नै जनचेतना पु¥याउन आवश्यक रहेकोमा जोड्दिए । उनले रजस्वला नभई कन्यादान दिए स्वर्ग पुग्ने मान्यता अनुसार बालविवाह हुने गरेको भन्दै त्यो मान्यताले अझै काम गरेको तर्क गरे । प्रविधी र सामाजिक सञ्जालको दुरुपयोगले पनि बाल प्रेम विवाहलाई प्रोत्साहन गरेको छ । यसका लागि धार्मिक परम्परा, चेतना, शिक्षा र स्वास्थ्यका बिषयमा जानकारी गराउने तर्फ सबैले ध्यान दिन सक्नुपर्छ । उनले पछिल्लो समय काम भन्दा गफ बढी र देखाउनका लागि मात्र कार्यक्रम हुने गरेको बताउँदै यसो गर्नु ठगी गर्नु सरह भएको बताए ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिवहादुर खड्काले मुलुकमा बालविवाहको अवस्था उच्च विन्दुमा पुगेकोले अव यसलाई विस्तारै घटाउने क्रममा सरकार लागि परेको बताए । हामीले जतिसुकै कुरा गरेपनि जब सम्म सामाजिक चेतना दिन सक्दैनौ तवसम्म यसको न्युनिकरण हुन सक्दैन । उनले कम उमेरमा हुने विवाह कानूनले नै गैरकानूनी भनेको भन्दै निराकरणको लागि समाज नै सचेत हुनुपर्ने बताए ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले नयाँ संहिताले बाल विवाकलाई गैरकानून भनेकाले कानून कार्यान्वयन भए बालविवाहको समस्या हट्ने दाबी गरे । उनले सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक कुराले बढी बालविवाह भएको बताए ।
बालबालिका उपर हुने हिंसा विरुद्धको दक्षिण एशियाली पहलका कार्यकारी निर्देशक रिञ्चेन छोपेलले बालविवाह अन्त्यको लागि राष्ट्रियस्तरमा राम्रो कार्ययोजना बनेको भन्दै उनले त्यसलाई स्थानीय तहसम्म लैजानुपर्नेमा जोडदिए । उनले एशियाली मुलुकमा नेपाल बालविवाहका लागि तेस्रो भएकाले यसका सरोकारवालाहरुको ध्यान दिन जरुरी रहेको औल्याए ।
दुई दिनसम्म चलेको कार्यशालाले धुलिखेल घोषणापत्र तयार पारेर सम्पन्न भएको छ । नेपालमा अझैपनि ३७ प्रतिशत बालबालिकाको बालविवाह हुने गरेको तथ्याङ्क रहेको छ । जसमा प्रदेश न २ मा बालविवाह उच्च रहेको सरोकारवालाहरुले जनाएका छन ।

To effectively take care of varicose capillaries, it is vital to understand the factors that contribute to their ottomax plus growth.