बनेपा,अन्तराष्ट्रिय सांकेतिक भाषा तथा बौद्धिक अपांगता दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय इकाई काभ्रेको लेखाजोखा तथा सहयोग केन्द्रले आयोजना गरेको अतिरिक्त कृयाकलापमा अपांगता भएका बालबालिकाले छमछमी नाच्दै र गाउँदै सबैलाई चकित बनाएका छन ।
उनीहरु सुन्दैन तर गीतको तालमा नाचिरहेका छन, उनीहरु आँखा देख्दैनन तर सबैलाई चकित तुल्याउने गरि गीत गाइरहेका छन । बौद्धिक अपांगता भएका र बहिरा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए भने दृष्टिविहीनहरुले गित प्रस्तुत गरेका थिए । उपस्थित अतिथीले खुबै चाख मानेर हेरे र हौसला दिन ताली बजाए । बहिरा बिद्यालयकी प्रधानध्यापक कृष्णप्यारी नकर्मीले बोल्न र सुन्न नसक्ने बहिराहरुले सुन्न सक्दैन तर उनीहरु स्टेप अनुसार नाचेर सपाड्ढ भन्दा कम छैनन तर अवसरको मात्र खाँचो रहेको प्रमाणित गरेको बताइन ।
लेखाजोखा केन्द्रका प्रमुख कविता शर्माले अपाड्ढता भएका बालबालिकालाई हौसला प्रदान गर्न कार्यक्रम गरेको जानकारी दिइन । हामी पनि केही गर्न सक्छौ भन्नका लागि उनीहरुलाई प्राथमिकता दिएका छौ । काभ्रेमा अपांगता भएका बालबालिकाहरुको लागि ४ स्थानमा स्रोत केन्द्र स्थापना गरिएको छ । बौद्धिक अपांगता भएका बालबालिका पाँचखालस्थित भगवती मावि र मण्डनदेउपुरस्थित कालिदेवी आधारभूत विद्यालय, धुलिखेल नगरपालिकामा रहेको सञ्जीवनी नमूना माविमा दृष्टिविहिन र काभ्रे बहिरा विद्यालयमा बहिरा विद्यार्थीहरु अध्ययन गर्छन् ।
दिवसकै अवसरमा अपांगता भएका विद्यार्थीविच हाजिरजवाफ र चेस प्रतियोगिता गरिएको थियो । विजयीहरुलाई इकाई प्रमुख डिकबहादुर राई, बनेपा वडा नं ९ का अध्यक्ष शेरबहादुर सुवाल लगायतले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा सरोकारवालाहरुले सांकेतिक भाषालाई सरकारी मान्यता नदिएपनि संयुक्त राष्ट्रसंघले मान्यता दिएको बताउ“दै नेपालमा संघर्ष गर्नुमा जोड्दिए ।