अटेरी भई घर बाहिर
लखर लखर
हिड्ने बानी नगरौं
ज्ञानी असल मान्छे बनी
lockdown पालना गरौँ!!
को सानो को ठुलो
कोरोना ले चिन्दैन
को धनी,को गरिब
कोरोना ले भन्दैन !!
झुकाएर आउछँ
कोरोना तीम्रो नजिक
तिम्रो आखाँ ले
देख्न सक्दैन !!
हामी घर भित्र बसी
कोरोना घर बाहिर भगाई
जित्ने छौ हामीले
कोरोना संगको लडाई !!
चेतनशील प्राणी हामी
लेख,कबिता
लेख्ने बानी गरौ
सृजनशील काम गरि
कोरोनालाई भूल्ने गरौ !!
प्रत्येक पललाई
महत्वको साथ जिउ
सबैको भलाई र उन्नति को
कामना गरौ !!
ब्यायम,यौग ध्यान गरी
स्वस्थ जिबन यापन गरौ
आफू पनी बाँचौ
अरुलाई पनि बचाऔं !!
-नव क्षितिज साप्ताहिकबाट








